क्रियाशील सदस्यता विवादमा कांग्रेस नेताहरु दुई धारमा « Khabarhub

क्रियाशील सदस्यता विवादमा कांग्रेस नेताहरु दुई धारमा


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणलाई लिएर पार्टी कार्यालयमा क्षेत्रीय सभापति दिनेश मिश्र धर्ना बसेको विषयलाई लिएर सर्लाहीका कांग्रेस नेताहरुले आपत्ति जनाएका छन् ।

सर्लाही जिल्ला सभापति एवम् प्रतिनिधिसभा सदस्य नागेन्द्र कुमारले आफूले गरेको गल्तीलाई ढाकछोप गर्न क्षेत्रीय सभापति मिश्र पार्टी मुख्यालयमा धर्ना बसेको टिप्पणी गरे । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले सर्लाही जिल्लामा क्रियाशील सदस्यता नविकरण र समायोजनको विषयमा धाँधली नभएको जिकिर गरे ।

नयाँ सदस्यताको हकमा क्षेत्रीय सभापतिलाई विधानतः अधिकार दिईएको र वडा सभापतिमार्फत पठाइएको भरपाई दिइएको उनले दाबी गरे । उनले कागजजात सही भएकोलाई सदस्यता दिनुपर्ने र गलत भएकाहरूलाई कारबाही गर्नुपर्ने बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य जंगीलाल रायले अहिले पार्टी मुख्यालय सानेपामा धर्नामा बस्नेहरुले नै गल्ती गरेको र उक्त गल्ती ढाकछोप गर्नको लागि यस्तो नाटक गरेको टिप्पणी गरे ।

कांग्रेस नेता तथा प्रदेश नम्बर २ का महिला, बालबालिका तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहले पनि कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा. अमरेश कुमार सिंहले आफ्नो क्षेत्रमा नजाने तर काठमाडौँमा बसेर राजनीति गरेको आरोप लगाए ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ९ : १५ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि