अभिनेत्री अजितालाई तालिबानको धम्की « Khabarhub

अभिनेत्री अजितालाई तालिबानको धम्की


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अफगानिस्तान(आजतक)– तालिबानले अफगानिस्तानमा कब्जा गरिसकेको छ । अफगानिस्तानमा तालिबानको सत्ता आएको छ, जसकारण त्यहाँका मानिसहरु निकै डराइरहेका छन् । कतिपयले देश छोडिरहेका छन् । विश्वका कैयौं मानिसहरु अफगानिस्तानी जनताको सुरक्षा र न्यायको माग गरिरहेका छन् ।

अफगानिस्तानी जनता बेसहारा हुँदै गएको देखेर अफगानी मूलकी एक हलिउड अभिनेत्री अजिता घानीजाडा लगातार निर्दोष मानिसको लागि आवाज उठाइरहेकी छन् । उनले तालिवानका काला कर्तुत पनि विश्वमाझ सार्वजनिक गरिरहेकी छन् ।

उनले नियमित रुपमा आफ्नो सामाजिक सञ्जाल हेण्डलका माध्यमबाट अफगानिस्तानको अनुहार विश्वमाझ देखाइरहेकी छन् । उनले अफगानिस्तानी मानिसको न्यायको माग गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनसँग प्रश्न गरेकी छन् ।

तर यो प्रश्न तालिबानका लागि सह्य भएन । तालिबानको झुठो अनुहार विश्वमाझ उतार्ने अभिनेत्रीलाई तालिबानीले धम्की दिन थालेको छ । यो कुराको खुलासा अभिनेत्रीले आफ्नो एक सामाजिक सञ्जाल पोष्टका माध्यमबाट गरेकी हुन् ।

तर उनी डराएका छैनन् । ‘हरेक मिनेट चिज परिवर्तन हुँदै गएको छ । मलाई तालिबानले सन्देश पठाइरहेको छ, ‘डियर गर्ल, चिन्ता नगर्नु, प्रोपोगाण्डा फैलाउन बन्द गर्नु’, उनले लेखेकी छन् ।

४१ वर्षीया यी अभिनेत्रीको जन्म अफगानिस्तानको काबुलमा भएको थियो । उनको पिता तेहरानको अमेरिकी दुताबासमा काम गर्थे । उहाँबाट उनले अमेरिका जाने मौका पाए । त्यो समयमा अजिता सानी थिइन् । उनलाई अभिनयमा लाग्ने प्रेरणा उनको आमाको भारतीय र अमेरिकी कलाकारप्रतिको प्रेम देखेर भएको थियो । उनले कैयौं ठूला फिल्म र टेलिभिजन शोमा अभिनय गरेकी छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  १२ : ५० बजे

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार