काठमाडौँ– केही दिन यता काठमाडौँ उपत्यकमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ८९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा ६०४ जना, भक्तपुरमा १०७ जना र ललितपुरमा १८७ जना कोरोना संक्रमित थपिएका हुन् । योसहित आज देशभरी कोरोना संक्रमितको संख्या ३ हजार ४२ थपिएको मन्त्रालयले जनाएको छ ।
हाल सक्रिय संक्रमितको संख्या ४० हजार ३०९ रहेको मन्त्रालयले जानकारी दिएको ।
यस्तो छ काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको विस्तृत विवरण
प्रतिक्रिया