अफगानिस्तानमा रहेको अनमिन मिसनलाई थप छ महिना राखिने « Khabarhub

अफगानिस्तानमा रहेको अनमिन मिसनलाई थप छ महिना राखिने


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अफगानिस्तानमा रहेको सहायता मिसन अनमिनलाई छ महिना थप गर्ने निर्णय गरेको छ ।

गत महिना तालिवानीले अफगानिस्तान नियन्त्रणमा लिएसँगै थप अनिश्चितता र अस्थिरतातर्फ गएको भन्दै १५ सदस्यीय राष्ट्रसंघीय सुरक्षा परिषद्ले अनमिनको अफगानिस्तान मिसनको म्याद थप गरेको हो ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई सन् २०२२ को जनवरी अन्त्यसम्म अनमिन मिशनलाई अफगानिस्तानमा काम गर्न अनुमति दिइएको बताए ।

अनमिनलाई हालको राजनीतिक, सुरक्षा र सामाजिक घटनाक्रमहरुको अनुगमनको कामलाई निरन्तरता दिन छ महिनाको म्याद थप गरिएको उनले बताए ।

मिसनलाई अफगानिस्तानमा महिलाहरूको पूर्ण सम्मान, सार्थक सहभागिता र महिला बालबालिका, अल्पसंख्यकहरुसहित मानवअधिकारको समर्थन गर्न अधिकार दिएको राष्ट्रसंघले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ६ : १५ बजे

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग