देशभर आज सामान्यदेखि भारी वर्षाको सम्भावना « Khabarhub

देशभर आज सामान्यदेखि भारी वर्षाको सम्भावना


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशभर आज हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सोमबार राती देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले सोमबार बिहान आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टा गण्डकी र सुदूरपश्चिमका पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

नेपालमा अहिले भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेको छ ।

 

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ६ : ५० बजे

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन– चितवनमा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा

भर्‍याङ चढेर कैदी भागेपछि…

गण्डकी– कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय

डडेल्धुरामा किबीखेती विस्तार

डडेल्धुरा– डडेल्धुरामा किबीखेती विस्तार हुँदै गएको छ । जिल्लामा किबीखेती

कात्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्गमा सवारी शुल्क लाग्ने

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका