चीनतर्फका नाका बन्द हुँदा चौंरी बिक्री भएन | Khabarhub Khabarhub

चीनतर्फका नाका बन्द हुँदा चौंरी बिक्री भएन


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – फक्ताङलुङ गाउँपालिका-७ याङमाका कान्दे ग्याबु शेर्पासँग दुई वर्षअघि ३२ वटा चौंरी थिए। तर अहिले उनीसँग चौंरीको संख्या ६४ पुगेको छ । शेर्पासँग चौंरीको संख्या बढ्नुको कारण चीनका नाका बन्द हुनु हो । कोरोनाका कारणले लामो समयदेखि हिमाली समुदायले पालन गरेको चौंरी बिक्री हुन सकेको छैन । बिक्री नहुदाँ हिमाली क्षेत्रमा चौंरीको संख्यामा वृद्धि हुँदै गएको छ।

कोरोनाको काराणले दुई वर्षदेखि चीन तर्फको नाका बन्द भएसँगै याक चीनका बजारमा बिक्री नहुँदा चौंरीको संख्या बढ्दै गएको शेर्पाले बताए । उनले भने, ‘दुई वर्ष भयो चौंरी बिक्री भएको छैन । कोरोनाका कारणले चीनले नाका बन्द गरेपछि चौंरीका बाछा र चौंरी बिक्री भएको छैन ।’ ताप्लेजुङको हिमाली क्षेत्रका स्थानीयले चौंरी गोठबाट जिविका चलाउँदै आएका छन् ।

फिन्चो शेर्पाको पनि गोठमा दुई वर्षदेखि चौंरी बिक्री नभएर २५ बाट बढेर ४० पुगेका छन् । समूद्र सतहदेखि तीन हजार ५ सय मिटर उचाईदेखि पाँच हजार सम्मको उचाइमा चौंरीको व्यावसायिकरूपमा पालन गरिन्छ । कञ्चनजंघा संरक्षण क्षेत्रभित्र तथा विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको फेदीमा चौंरी गोठहरू छन्।

हिमाली समुदायको प्रमुख पुर्खोली पेशाको रुपमा रहेको चौंरी विगत देखिनै चीन बजारमा बिक्री हुँदै आएको याङमाका स्थानीय टाँसी फिन्जो शेर्पाले बताए ।

कञ्चजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको आर्थिक तथा प्राविधिक सहयोगमा याङमा क्षेत्रमा चार सय, ओलाचुङगोला क्षेत्रमा ४ सय ३५ र घुन्सा क्षेत्रमा ३६ वटा गरी ८ सय ७१ वटा चौंरीको बीमासमेत गरेको कञ्चजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका कार्यक्रम संयोजक जितेन चेम्जोङले बताए ।

चीनका विभिन्न क्षेत्रमा नेपाली चौंरीका बाछा र चौंरीबाट उत्पादित छुर्पी, घ्यूका साथै पशुजन्य बस्तुहरू चीनका बजारमा राम्रो मूल्यमा बिक्री हुने गरेको याङमाका स्थानीय सोनाम शेर्पाले बताए ।

चीनका बजारमा प्रतिचौंरी ६० हजारदेखि एक लाख ५० हजार रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ । छुर्पी र घ्यू प्रतिकिलो एक हजार २ सय रुपैयाँमा बिक्री हुने गरेको याङमाका फिम्जो शेर्पाले बताए । कोरोनाका कारणले दुई वर्ष यता ताप्लेजुङको टिप्ताला नाका र संखुवासभाको किमाथाङका नाका बन्द हुदाँ हिमाली समुदायहरुको प्रमुख पेशाको रुपमा चौंरी बिक्री नहुँदा स्थानीयको नियमित आम्दानी घटेको मिक्वाखोला गाउँपालिका-५ पापुङका चौंरी व्यावसायी रिङ शेर्पाले बताए ।

ताप्लेजुङमा ९ स्थानीय तहमध्ये फुङ्लिङ नगरपालिका र पाथीभरा याङवरक गाउँपालिका बाहेक सात गाउँपालिकामा चौंरी व्यावसायीक रुपमा पालन हुँदै आएको छ ।

चौंरीको प्रमुख बजार चीनका विभिन्न क्षेत्रहरूमा निर्यात हुने गर्दछ । राम्रो मूल्यमा चीनमा निर्यात हुने भएकाले हिमाली समूदाय चौंरी पालनतर्फ आकर्षित हुने गरेको फक्ताङलुङ गाउँपालिका(६ घुन्साका स्थानीय पेमा शेर्पाले बताए ।

न्युज कारखानाबाट

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ८ : ३५ बजे

सुनको मूल्य आजपनि घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य सामान्य घटेको छ ।

अदालतले पुनर्बहाली गरेसँगै राजुनाथ नगर प्रहरी कार्यालयमा 

काठमाडौं– आफुलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले

मुख्य तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं– समसामयिक राजनीतिक विषयमा छलफल गर्न मुख्य तीन दलका शीर्ष

प्रि ओपन सेसन : नेप्सेमा करिब ३ अंकको गिरावट

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेपाल

अधिकांश नागरिक सरकारको कामदेखि निराश

पोखरा – गण्डकी प्रदेशका नागरिक राजनीतिक नेतृत्व, सरकारको कार्यशैली र