आजदेखि भेरोसेलको पहिलो डोज लगाइँदै, कुन जिल्लामा कसले पाउँछन् ? « Khabarhub

आजदेखि भेरोसेलको पहिलो डोज लगाइँदै, कुन जिल्लामा कसले पाउँछन् ?


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले आजदेखि ११ दिनसम्म कोरोनाविरूद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ । चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप सरकारले विभिन्न जिल्लाका विभिन्न उमेर समूहका मानिसलाई लगाउन लागेको हो ।

सोलुखुम्बु, ताप्लेजुङ, संखुवासभा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, दार्चुला, बाजुरा र रसुवामा १८ वर्षमाथि उमेर समूहकाले भेरोसेल खोप लगाउन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअगाडि कोरोनाविरूद्ध खोप लगाउन छुटेका मानिसले यसपालि खोप लगाउन सक्ने पनि मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै बागमती प्रदेशका चितवन र काभ्रेमा ३५ वर्ष माथिकालाई पनि खोप लगाउने मनत्रालयले जनाएको छ । साथै १८ वर्षमाथिका विद्यार्थीले पनि खोप पाउँने छन् ।

रामेछाप, मकवानपुर, सर्लाही र अछामका ४० वर्ष उमेर समूहका नागरिकलाई पनि कोरोनाविरूद्ध खोप दिने सरकारको तयारी रहेको मन्त्रायले जनाएको छ ।

मन्त्रालयका अनुसार १४ असोजसम्म पहिलो मात्राको खोप लगाउन लागिएको हो । पहिलो मात्रामा भेरोसेल खोप लगाउनेलाई ४ देखि १४ कार्तिकसम्म दोस्रो मात्रामा भेरोसेल खोप नै लगाइने मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १० : ३४ बजे

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना