तालिवानले ब्युँतायो दण्ड मन्त्रालय, दोषीको हात काट्नेदेखि अंग छेदन गरिनेसम्म « Khabarhub

तालिवानले ब्युँतायो दण्ड मन्त्रालय, दोषीको हात काट्नेदेखि अंग छेदन गरिनेसम्म


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल – तालिवानले आँचरण तथा दण्डमामिला मन्त्रालय व्युँताएको छ । सन् १९९६ मा पहिलो शासनकालमा तालिवानले सो मन्त्रालयले गठन गरेको थियो । देशमा कठोर इस्लाम शरिया कानून लागू गर्न सो मन्त्रालय स्थापना गरिएको थियो । अफगानिस्तानमा पुरुषबिना महिलालाई घरबाट बाहिरन निस्कन रोक लगाउनेदेखि संंगीतमा प्रतिबन्ध लगाउने काम सोही मन्त्रालयले गर्छ ।

‘हाम्रो मुख्य उदेश्य मुस्लिमको सेवा गर्नु हो । तसर्थ, आँचरण तथा दण्डमामिला मन्त्रालय अनिवार्य छ,’ मन्त्रालयका प्रवत्ता मोहम्मद युसुफले भने ।‘हामी मुस्लिम कानून अनुसार सजाँय दिन्छौ । कानूनले जे निर्देश गर्छ सोही अनुसार हामी अगाडि बढ्छौं । ठूला अपराध गर्नेलाई सजाँय दिन मुस्लिम धर्ममा कठोर कानूनको व्यवस्था छ । ,’ उनी अगाडि थप्छन्, ‘जस्तैः हत्या अभियोगीलाई अलग कानून हुन्छ । तपाइँले जानेर कसैको हत्या गर्नुहुन्छ भने त्यसको बदलामा तपाईको हत्या हुन्छ । तर, नियतवश होइन भने अर्कै सजाँय हुन्छ । ’

शरिया कानूनअनुसार अपराधीको हात काटिदिनेदेखि बलात्कारको अभियोग लागेकालाई यातना दिएर हत्या गरिन्छ । कथित अनुशासन कायम गर्ने भन्दै तालिवानले पहिलो शासनकालमा सडकमा आँचरण प्रहरी परिचालन गरेको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १० : ५३ बजे

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना