‘मिस नेपाल युएस’मा १० प्रतियोगी « Khabarhub

‘मिस नेपाल युएस’मा १० प्रतियोगी


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल युएस’को १० औं संस्करणका लागि १० प्रतियोगीले प्रतिष्पर्धा गर्ने भएका छन् । सेप्टेम्बर पहिलो सातासम्म प्राप्त आवेदनका आधारमा यी प्रतियोगी छानिएका हुन् ।

जसमा अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिसा प्रधान, प्रितिजा जैशी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सन्यामिता श्रेष्ठ, सोनिश्या थापा र एलिसा लिम्बु रहेका छन् ।

सेप्टेम्बर २५ मा न्यूयोर्कको क्वीन्स थियटरमा आयोजना हुने कार्यक्रममा ‘मिस नेपाल युएस २०२१’को घोषणा हुनेछ । महिला शिक्षा र सशक्तिकरणका क्षेत्रमा उल्लेख्य योगदान पुर्याउदै आएको यो प्रतियोगिता एक सामाजिक अभियानको रुपमा समेत चिनिएको छ ।

आफ्नो समुदाय र संस्कृतिका पक्षमा वकालत गर्नसक्ने साथै नेतृत्व लिन सक्ने युवाहरुको उत्पादनमा यस कार्यक्रमले विगत १० वर्षदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कार्यक्रमका संस्थापक तथा अध्यक्ष अमित शाहले बताए ।

इप्लानेट नेपालको सहकार्यमा सन् २०११ देखि न्यूयोर्कबाट सुरु भएको प्रतियोगितामा सुजिता बस्नेतले पहिलो ‘मिस नेपाल युएस’को ताज लगाउन सफल भएकी थिइन् ।

यो प्रतियोगिताले अमेरिकी सरकारबाट ट्रेडमार्कसमेत प्राप्त गरेको छ । प्रतियोगिता सुरु गरेको झण्डै १० बर्षपछि ‘मिस नेपाल युएस’ले अमेरिकी सरकारको औपचारिक ट्रेडमार्क पाउन सफल भएको हो ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ५ : ४९ बजे

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

काठमाडौं- जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौं– नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

काठमाडौं– एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर

‘पर्खी बसे तिमीलाई, फर्की आएनौँ’

काठमाडौं-म त पर्खेको पर्खै छुबतास बनी छुन आइदेऊ नफेरि मेरै