काठमाडौँ जिल्ला साक्षर घोषणा, अझै २२ जिल्ला बाँकी « Khabarhub

काठमाडौँ जिल्ला साक्षर घोषणा, अझै २२ जिल्ला बाँकी


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ जिल्लालाई सोमबार (आज) साक्षर जिल्ला घोषणा गरिएको छ ।

गत भदौ २१ गते काठमाडौँ महानरपालिका साक्षर घोषणा भएसँगै काठमाडौँ जिल्लाका सबै सथानीय तह साक्षर भएपछि जिल्लालाई सोमबार साक्षर घोषणा गरिएको हो । वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री बिजय सुवेदीको अध्यक्षतामा काठमाडौँ जिल्लालाई साक्षर घोषणा गरिएको हो । यो सँगै साक्षर जिल्लाको संख्या ५५ पुगेकोे छ ।

सरकारले आर्थिक वर्ष २०६५/०६६ मा १ अर्ब ४ करोड रुपैयाँ बिनियोजन गरेर दुई वर्षभित्र साक्षर नेपाल घोषणा गर्ने लक्ष्य लिएको थियो तर हालसम्म पनि साक्षर नेपाल घोषणा भने हुन सकेको छैन ।

तत्कालीन सरकारले निरक्षरता उन्मूलन गर्ने अठोटका साथ ‘अक्षर चिनौँ सभ्य बनौँ’ भन्ने मुल नाराका साथ सारक्ष नेपाल अभियान सञ्चालन गरेको थियो ।

त्यसपछि सरकारले उक्त अभियानलाई हालसम्म निरन्तरता दिइरहेको छ । साक्षर नेपाल बनाउने घोषणा गरेको १३ वर्षसम्म पनि लक्ष्य प्राप्ती नगर्नु आफैमा विडम्बनापूर्ण कुरा हो । साक्षर घोषणा गर्न कै लागि सरकारले हालसम्म ८ अर्ब रुपैयाँ भन्दा बढी रकम खर्च गरिसकेको छ ।

नेपाललाई साक्षर बनाउन सरकारले हाल २ हजार २५१ वटा सामुदायिक सिकाइ केन्द्र, १२१ वटा खुला विद्यालय, १७१ वटा अनौपचारिक प्रौढ विद्यालयहरुबाट कार्यक्रम सञ्चालन गरिरहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

साक्षर हुन बाँकी जिल्ला

हालसम्म प्रदेश २ का कुनै पनि जिल्ला साक्षर हुन सकेका छैनन भने गण्डकी प्रदेशका सबै जिल्ला साक्षर भइसकेको छ । प्रदेश १ को ताप्लेजुङ र सोलुखुम्बु जिल्ला साक्षर हुन बाँकी छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको कपिलबस्तु र बाँके र कर्र्णाली प्रदेशको मुगु, जुम्ला, कालिकोट र पाल्पा जिल्ला साक्षर हुन बाँकी छन् । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डोटी, बाजुरा र बझाङ गरी देशभरका जम्मा २२ जिल्ला अझै साक्षर हुन बाँकी रहेका शिक्षा तथा मानवस्रोत विकास केन्द्रको अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखा प्रमुख नीलकण्ठ ढकालले बताए ।

उनका अनुसार अझै २२ जिल्लाका २१८ स्थानीय तहहरु साक्षर घोषणा हुन बाँकी छन् । साक्षर स्थानीय तह बनाउन सरकारले प्रत्येक स्थानीय तहलाई वार्षिक २ लाख रुपैयाँ दिने गरेको उनले बताए । कुनै स्थानीय तहले अभियानका रुपमा साक्षरताको कार्यक्रम सञ्चालन गछौँ भनेर प्रपोजल बनाएर थप रकम माग गर्न सक्ने उनको भनाइ छ ।

पछिल्लो पटक सरकारले २०७६ सालमै देशभरका सबै जिल्ला साक्षर बनाएर नेपाललाई साक्षर गर्ने लक्ष्य लिएको थियो तर उक्त लक्ष्यमा पनि सरकार सफल हुन सकेन ।

बजेट कति ?

पहिलो पटक आर्थिक वर्ष २०६५/०६६ मा दुई वर्षभित्र साक्षर नेपाल घोषणा गर्ने भन्दै १ अर्ब ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको सरकाले हालसम्म पटकपटक साक्षर नेपाल घोषणा गर्ने भनेर ८ अबै रुपैयाँ भन्दा बढी खर्च गरिसकेको अवस्था छ ।

सरकार उक्त अभियानलाइ निरन्तरता दिँदै आर्थिक वर्ष २०६६/०६७ मा थप १ अर्ब ४ करोड रुपैयाँ विनियोजन गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०६७/०६८ मा ६८ करोड ८ लाख रुपैयाँ, आ.व ०६८/०६९ मा ७० करोड, आ.व ०६९/०७० मा ६३ करोड २१ लाख, आ.व ०७०/०७१ मा ९९ करोड ८९ लाख, आ.व ०७१/०७२ मा १ अर्ब ५ करोड रुपैयाँ सरकारले विनियोजन गरेको केन्द्रले जनाएको छ ।

त्यस्तै आ.व ०७२/०७३ मा ३४ करोड ५० लाख, आ.व ०७३/०७४ मा ३० करोड ४८ लाख, आ.व ०७४/०७५ मा ३४ करोड ६२ लाख, आ.व ०७५/०७६ मा ४ करोड, आ.व ०७६/०७७ मा २० करोड ४२ लाख (स्थानीय तह बाहेक) आ.व ०७७/०७८ मा ५७ करोड ९८ लाख र आ.व ०७८/०७९ को लागि ६० करोड ६९ लाख रुपैयाँ विनियोजन गरेको छ ।

सरकारले आगामी असार मसान्तभित्र सबै जिल्लालाई साक्षर घोषणा गर्ने लक्ष्य लिएको ढकालले बताए । उनका अनुसार यस वर्ष साक्षर घोषणको लागि धेरै जिल्लाहरु तयारी अवस्थामा रहेका छन् । केही दिनभित्र काठमाडौँ जिल्लालाई पनि साक्षर घोषणा गरिदैँछ ।

साक्षर घोषणा हुने मापदण्ड

सामान्यतया साक्षर जिल्ला घोषणा हुनको लागि १५ देखि ६० वर्षको उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर हुनपर्ने ढकालले बताए । त्यस्तै कुनै पनि व्यक्तिले पढ्न लेख्न र सामान्य हिसाब गर्न जानेको खण्डमा उसलाई साक्षर भन्ने गरिएको उनले बताए ।

यस्तो छ साक्षरताको मापदण्ड

  •  राष्ट्रभाषा वा मातृभाषाका वर्ण/ अक्षरको पढाइ र लेखाइ
  • नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बिलको पढाइ
  •  आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेखाइ र पढाइ
  •  मोबाइल र क्याल्कुलेटरका अङ्क र अक्षर चिनेर प्रयोग गर्ने
  •  ० देखि ९ सम्मका अङ्क अक्षरमा लेखाइ
  •  १ देखि १०० सम्म गणना
  •  लेनदेनका हरहिसाब राख्न सक्ने
  •  सरल चित्र, पोस्टर, साइनबोर्ड र ट्राफिक सङ्केत पढाइ र बुझाइ
  •  सामुदायिक कार्यक्रममा आफ्नो विचारसहित सक्रिय सहभागिता देखाउने
  •  घडी हेरेर समय बताउने र भित्तेपात्रो हेरी तिथिमिति बताउन सक्ने
  •  बैँङ्क भौचर भर्न र चेक खिचाइ

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ६ : २४ बजे

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको