श्रमिकले रकम नपाएको भन्दै वडा कार्यालयमा तालाबन्दी | Khabarhub Khabarhub

श्रमिकले रकम नपाएको भन्दै वडा कार्यालयमा तालाबन्दी


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिराहा– सिराहाको नरहा गाउँ पालिका-१ मा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत काम गरेका श्रमिकले पारिश्रमिक नपाएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

आफूहरूले काम गरेको रकम आर्थिक मसान्तको तीन महिना बितिसक्दा पनि नपाएको भन्दै वडाका ४३ जना श्रमिकले तालाबन्दी गरेका हुन् ।

स्वरोजगार कार्यक्रमअन्तर्गत ४३ जना कामदारले वैशाख १२ गतेबाट ५० दिनसम्म काम गरेको रकम अझै नपाएको गुनासो गरेका छन् । स्थानीय सुनिल दासले अफूहरूले पटक-पटक पाउनुपर्ने रकमको लागि गाउँपालिकासँग आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको बताए ।

कामगरेको रकम असार १५ गतेसम्म पाइसक्नु पर्ने भए पनि अहिलेसम्म नपाउँदा आफूहरू निकै समस्यामा परेको उनले बताए।

गीतादेवी दासले गुनासो पनि सुनिल दासको जस्तै छ । ‘हामी त गरिब मान्छे । काम गरेर मात्रै चुलो बल्छ । काम गरेको पैसा नै नपाएपछि हामी त निकै समस्यामा छौं’, उनले भनिन् ।

उनले आफूहरू गाउँपालिका धाउँदाधाउँदै थाकेको बताइन् । उनीहरूले कामगरे बापत प्रतिव्यक्ति २५ हजार हजारका दरले १० लाख ७५ हजार रकम लिनु बाँकी रहेको बताएका छन् ।

वडा अध्यक्ष अशोक साहले सम्बन्धित कर्मचारीको लापरबाहीले श्रमिकले पैसा पाउन नसकेको बताएका छन् । उनले कर्मचारीकै लापरबाहीका कारण चेक बन्न नसको बताए ।

आफूले गर्नुपर्ने सबै काम गरेर उनीहरूको जिम्मा लगाएको बताउँदै लेखा र सम्बन्धित कर्मचारीका कारण रकम निकासा हुन नसकेको उनले बताए । रकम उपलब्ध गराउन आफूहरूको प्रयास जारी रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १० : ५९ बजे

दुर्गा प्रसाईंले भने : नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भइरहेको छ

काठमाडौं – मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत

मोदीको जन्मदिनमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई

पश्चिम नेपालमा ४.६ म्याग्नीच्यूडको भूकम्प

काठमाडौं – बुधबार राति पश्चिम नेपालमा भूकम्प गएको छ। पूर्वी

पश्चिम नेपालमा भूकम्पको शक्तिशाली धक्का

काठमाडौं – पश्चिम नेपालमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ

चाडपर्वलाई लक्षित गरी उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष

काठमाडौं – नजिकिँदो चाडपर्वमा उपत्यका बाहिर जाने यात्रुको सहजतालाई लक्षित