दाहसंस्कार गर्न लागिएको बालकको शव प्रहरीको नियन्त्रणमा « Khabarhub

दाहसंस्कार गर्न लागिएको बालकको शव प्रहरीको नियन्त्रणमा


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुरको बेलका नगरपालिका-२ शान्ति नगरटोलमा दाहसंस्कार गर्न तयारी हुँदै गरेको एक बालकको शव प्रहरीले नियन्त्रणमा लिएको छ। स्थानीय विश्वनाथ चन्द्रवंशीको २ वर्षिय छोरा भरत चन्द्रबंशीको शव घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

बालकको शव नियन्त्रणमा लिएर पोष्टमार्टमको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । शनिबार दिउँसो हराएका बालक आइतबार विहान गिनेरी खोलामा मृत फेला परेपछि पानीबाट झिकेर दाहसंस्कारको लागि घरमा राखेको अवस्थामा प्रहरीले शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीकाअनुसार बालकको गिदेरी खोलामा डुबेर मृत्यु भएको अवस्थामा मृतकका दाजु सुमन चन्द्रबंशीले देखेर पानीबाट झिकी घरमा लगि राखेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी निरीक्षकको टोलीले शवको घटना प्रकृति मुचुल्का उठाई पोष्टमार्टमको लागि धरान पठाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ६ : ३० बजे

देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ

धरान– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाकानगर प्रमुख हर्कराज

मेसीको भिडियोबाट गायब भए शाहरुख, राहुल र फडणवीस

नयाँदिल्ली- लियोनल मेसीले आफ्नो गट इन्डिया टुर २०२५ सम्पन्न भएपछि

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली– चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

टक्सार– विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय