पूर्वतर्फ सर्‍यो वर्षा, भोलिदेखि मौसममा सुधार हुने « Khabarhub

पूर्वतर्फ सर्‍यो वर्षा, भोलिदेखि मौसममा सुधार हुने


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै रहेको तर यसको प्रभाव पश्चिमबाट पूर्वतर्फ सरेको छ ।

गत असोज ३१ गतेबाट उक्त प्रणाली सक्रिय हुँदै नेपालको कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा अत्यधिक वर्षा र अन्य प्रदेशका केही स्थानमा भारी वर्षा भएको थियो । यसका कारण जनधनको क्षति भएको छ भने भौतिक पूर्वाधारसमेत तहसनहस बनाएको छ ।

गए रातिबाट कर्णाली र सुदूरपश्चिममा उक्त प्रणाली कमजोर भई पूर्वतर्फ सरेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रदेश १, २, वाग्मती र गण्डकीमा आज भारी वर्षाको सम्भावना छ ।

भोलि बिहीबारबाट भने मौसममा सुधार आउने भए पनि पूर्ण सुक्खा नहुने हुँदा ठाउँठाउँमा पानी पर्ने सम्भावना कायमै रहेको उनले बताए । आगामी बिहीबारदेखि मौसममा सुधार हुँदै जानेछ ।

हाल देशको प्रदेश १, २, बागमती प्रदेशमा पूर्ण बदली र बाँकी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको जलतथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । ती प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ९ : २६ बजे

राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित

कानुनी लडाइँ जितेर डाक्टर बनेका तीन फुटे गणेश

के एउटा मानिसको उचाइले उसको क्षमताको मापन गर्न सक्छ ?

सुनको मूल्यमा १४ हजार ६०० रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो वृद्धि भएको छ

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

मकवानपुर– कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका– ११ घट्टेपाखामा आज बिहान ट्रक दुर्घटना

पोखरेलीलाई ‘कनेक्टिभिटी’ सहज बनाउन पूर्वेलीको सुझाव

गण्डकी– पूर्वी नेपालका सहरमा पर्यटकहरूलाई पोखरा बोलाउन ‘जाउँ है पोखरा’