सुदूरपपश्चिमका ७ पहाडी जिल्लामा यातायात ठप्प « Khabarhub

सुदूरपपश्चिमका ७ पहाडी जिल्लामा यातायात ठप्प


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– लगातारको बर्षापछिको बाढी र पहिरोका कारण सुदूरपश्चिम प्रदेशका ७ वटा पहाडी जिल्लाको यातायात सेवा ठप्प बनेको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार अबिरल बर्षाका कारण डोटीको जोरायल गाउँपालिका स्थित बुडर नजिकै भीमदत्त राजमार्गमा पहिरो खस्दा ७ वटै जिल्ला जोड्ने सडक अबरुद्ध बनेको हो ।

भीमदत्त राजमार्ग अन्तरगत नै कैलालीको चुरे गाउँपालिका स्थित भासु भिर नजिक पनि पहिरो गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकी प्रहरी जवान राधा भट्टले बताइन् । उनका अनुसार लगातारको बर्षापछि पहिरो जाँदा डोटीस्थित कालागार, बैतडीको खोड्पे अन्तर्गतको जयपृथ्बी राजमार्ग सडक खण्ड अबरुद्ध छ ।

यसैगरी, बैतडीको सतबाझ सडकखण्ड, दार्चुलाको महाकाली नगरपालिकास्थित खिम्त सडक खण्ड, अछामको कैलासखोला, ठुलासैनी सडक खण्डमा पहिरोका कारण यातायात सेवा प्रभावित बनेको भट्टले बताइन् ।

सडक सञ्चालन गर्न अहिले सवै क्षत्रमा डोजर परिचाल गरिएको छ । केही क्षेत्रमा सडक भासिएका कारण पूर्ण रुपमा सवारी सञ्चालन गर्न अझै केही समय लाग्ने उनले बताइन् । सुदूरपश्चिमका ७ पहाडी क्षत्रेमा विगत ३ दिनदेखि विद्युत र सञ्चार सेवा समेत अबरुद्ध बनेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ११ : ५४ बजे

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु