ढुंगाडमा बर्षा रोकियो, पीडितलाई खानबस्नको चिन्ता « Khabarhub

ढुंगाडमा बर्षा रोकियो, पीडितलाई खानबस्नको चिन्ता


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बर्षा रोकिएसँगै बैतडीको सिगास गाउँपालिका–५ को ढुंगाडमा फसेका व्यक्तिहरू वारपार गर्न सक्ने भएका छन् । आइतबार रातीदेखिको बर्षाले ढुंगाडको टापुमा फसेका व्यक्तिहरू नदीको बहाव कम भएपछि वारपार गर्न थालेको वडाअध्यक्ष रामबहादुर धामीले बताए ।

सेती नदीको चारैतिरबाट आएको भंगालो केही कम भएसँगै स्थानीयबासी ज्यान जोगाउन टापु छोडेर निस्कन थालेका छन् । तर उनीहरूमा के खाने ? कहाँ बस्ने ? भन्ने चिन्ताले सताउँन थालेको छ ।

बाढीले ढुंगाडका पाँच घर बगाएको छ । अन्य घरमा पानी पसेर अन्नपात नष्ट भएका छन् । यहाँ एक सय ५० बिगाह जमीन बगरमा परिणत भएको उनले बताए । स्थानीयको बिचल्ली भए पनि सरकारले उनीहरूको उद्धार तथा राहतका कुनै कदम नचालेको उनको गुनासो छ ।

धामीले भने, ‘हिजो टापुमा फसेका व्यक्तिहरूको उद्धारका लागि प्रदेश सरकार र केन्द्र सरकारलाई अनुरोध गर्दा कुनै पहल भएन् ।’

काठमाडौंमै रहेका सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै उद्धारका लागी अनुरोध गरेका थिए । धनगढीमा रहेको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाअध्यक्ष रामबहादुर धामीले मन्त्रालयमै गएर अनुरोध गर्दा समेत प्रदेश सरकारले कुनै पहल नगरेको उनले बताए ।

ढुंगाडबासी बर्षा कम भएसँगै ज्यान जोगाउन सफल भए पनि खान बस्न समस्या भएको स्थानीय शिक्षक मिनबहादुर चन्दले बताए । स्थानीयबासीको पाँकिसकेको र पाक्नै लागेको धान, कोदो र बदाम लगाएको खेत बगरमा परिणत भएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  १ : ०१ बजे

सर्लाही-२ मा रास्वपाका महतो विजयी

बरहथवा– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ बाट राष्ट्रिय

पर्सा-३ मा रास्वपाका चौरसियाको फराकिलो अग्रता

वीरगञ्ज– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा क्षेत्र नम्बर ३ मा राष्ट्रिय

सुनसरी–१ मा ४ हजार मतले अघि बढे माटोका हर्कराज साम्पाङ

सुनसरी– सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टी

जुम्लामा जितेर ज्ञानेन्द्रले जोगाए राप्रपाको संसदीय अस्तित्व, लज्जास्पद हारसँगै रास्वपाकी विनिताको जमानत जफत

जुम्ला- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत एकमात्रै क्षेत्र रहेको जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी

पाल्पा–१ मा कांग्रेस-एमालेबीच कडा टक्कर, रास्वपा तेस्रो स्थानमा

पाल्पा– पाल्पा–१ मा जारी मतगणनामा नेपाली कांग्रेसले ३१ वर्षपछि प्रतिस्पर्धात्मक