कृषि बैंकमा आर्थिक हिनामिना: थप दुई कर्मचारी निलम्बनमा « Khabarhub

कृषि बैंकमा आर्थिक हिनामिना: थप दुई कर्मचारी निलम्बनमा


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनस्थित कृषि विकास बैंकको गुञ्जनगर शाखामा भएको आर्थिक हिनामिना प्रकरणमा थप दुई कर्मचारी तानिएका छन् । शाखा प्रमुख शोभाकुमारी दत्तसहित ऋण शाखा र ग्राहक सेवा कक्षका दुई कर्मचारीलाई निलम्बन गरी छानबिन प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ ।

स्रोतका अनुसार बैंकको ऋण शाखाका टिकेन्द्र भट्टराई र ग्राहक सेवा कक्षकी भगवती सापकोटालाई निलम्बन गरिएको हो । शाखा प्रमुख दत्तको निर्देशनमा उनीहरूले आफ्नो खातामा भएको रकम ग्राहकलाई सापटी दिएको स्रोतले बताएको छ ।

‘बैंकबाट कर्मचारीले पनि ऋण लिएका हुन्छन् । त्यस्तो पैसा कर्मचारीले मिटर ब्याज अथवा धेरै ब्याजदर लिनेगरी ग्राहकलाई दिएका हुन् । त्यस्तो गर्न कानुनतः पाइँदैन’, ती कर्मचारीले भने ।

त्यसरी दिएको सापटी पैसाबाट कर्मचारीले २४ प्रतिशतसम्म ब्याज लिने गरेका छन् । त्यसरी सापटी पैसा उपलब्ध गराउँदा पनि शाखा प्रमुखले ग्राहकसँग पुनः कमिसन लिने गरेको आरोप लागेको छ । भट्टराई र सापकोटालाई १० दिनअघि नै निलम्बन गरी छानबिन प्रक्रियामा तानिएको हो ।

कृषि विकास बैंकको केन्द्रीय कार्यालयबाट दुईजना र प्रदेश कार्यालयबाट एकजना गरी तीनजना कर्मचारीले छानबिन गर्दै छन् । छानबिन समितिलाई जतिसक्दो चाँडो छानबिन प्रतिवेदन दिन भनिएको कृषि विकास बैंकको केन्द्रीय प्रवक्ता हिमलाल पौड्यालले जानकारी दिए ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  १ : ०४ बजे

झापा ५ बाट बालेन्द्र उठ्नुहुन्छ : यज्ञमणि न्यौपाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले झापा

गम्भीर तथा आकस्मिक बीरामीका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा 

काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा

मनाइयो २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं– २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको