वर्षाले देशभरको जनजीवन प्रभावित, भोलिदेखि सुधार हुने « Khabarhub

वर्षाले देशभरको जनजीवन प्रभावित, भोलिदेखि सुधार हुने



काठमाडौँ – यसवर्षको मनसुन गत असोज २५ (अक्टोबर ११)देखि बाहिरियो । तर कार्तिक महिना लागिसक्दा पनि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

तीन दिनदेखि परेको वर्षाले गएको बाढी पहिरोले धेरैको ज्यान गएको छ । धेरै बेपत्ता छन् ।

देश विभिन्न सडकहरु अवरुद्ध छन् । नदीमा पानीको बहाब बढेर तराइको विभिन्न स्थानमा डुबानमा छन् ।

वर्षाकै कारण किसानले लगाएको खेतीपाती नष्ट भएको छ । विशेषगरी यति बेला किसानको धानबारीमा क्षति पुगेको छ । कतै काटेको धानमा पानी जमेर भिजाएको छ भने कतै पाक्न ठिक्क परेको धान पानीसहितको हावाले ढालेको छ ।

यसवर्ष विगतका वर्षमाभन्दा लामो समयसम्म वर्षा कायमै रहेकाले जनजीवन प्रभावित भएको छ ।

भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर बुधबार मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन् । विभिन्न जिल्लामा ३१ जना बेपत्ता छन् ।

यस वर्ष मात्र होइन । विगतका वर्षाहरुमा पनि मनसुन बाहिरिदा पनि वर्षा हुन्थ्यो । यद्यपी यस वर्ष अत्याधिक वर्षा भएको मौसमविद् बताउँछन् ।

अहिले दुईवटा मौसम प्रणाली नेपालमा सक्रिय भएको मौसमविद् राजु मानन्धर बताउँछन् ।

‘पश्चिमी वायुको प्रभाव र अर्को बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्ने क्रममा नेपालतर्फ प्रवेश गर्‍यो’ उनले खबरहबसँग भने ।

दुबै मौसम प्रणाली मर्ज भएको र त्यसकारण देशभरी मौसममा बदली भई वर्षा हुन गएको मानन्धरले जानकारी दिए ।
वर्षा बुधबारसम्म मात्र रहने उनको भनाइ छ ।

यस्तो छ आगामी ३ दिनको मौसम
२०७८ कार्तिक ०३ गते (बुधबार)
दिउँसोः प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहने छ । प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेश प्रदेशका धेरै स्थानहरुका साथै बाकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै बुधबार राति प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश १ र प्रदेश नं २ का थोरै स्थानहरुमा साथै बाकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७८ कार्तिक ०४ गते (बिहीबार)
बिहीबार दिउँसो प्रदेश न १, प्रदेश न २, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा सामान्य वदली रही सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य वदली रहनेछ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा साथै बाकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

बिहीबार राति प्रदेश न १, प्रदेश न २, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा सामान्य वदली रही सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक वदली रहने छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै बाकी प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

२०७८ कार्तिक ०५ गते (शुक्रबार)
त्यस्तै शुक्रबार दिउँसो प्रदेश न १, प्रदेश न २, वागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य वदली र सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य वदली रहनेछ । प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।

रातिः प्रदेश न १, प्रदेश न २, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा सामान्य वदली र सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक वदली रहनेछ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  २ : ५५ बजे

प्रधानमन्त्री राहत कोषमा १४ अर्ब दुई करोड ७३ लाख जम्मा, पीडितलाई एक अर्ब निकासा

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब २

बलात्कारपछि हत्या: हामीलाई मृत्युदण्ड चाहिएको हो कि न्याय ?

आज हामी कुनै बालिका वा महिलामाथि बलात्कार गरी हत्या भएको

भोटेकोशी बाढीः अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए

सुदूरपश्चिम – भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका

ऋषिपञ्चमीका दिन आँधीखोलामा स्नान गर्दा बगेर महिलाको मृत्यु

वालिङ (स्याङ्जा) – ऋषिपञ्चमीका अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले

भोटेकोशी बाढी अपडेट: १३ सय ९९ शव भेटिए

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज,