मोदीद्वारा कुशीनगर विमानस्थलको उद्घाटन, लुम्बिनीको पर्यटन पनि प्रवर्द्धन हुने « Khabarhub

मोदीद्वारा कुशीनगर विमानस्थलको उद्घाटन, लुम्बिनीको पर्यटन पनि प्रवर्द्धन हुने


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको कुशीनगर जिल्लास्थित कुशीनगर अन्तर्राष्ट्रिय एयरपोर्टको उद्घाटन गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले बुधबार बिहान उक्त एयरपोर्टको उद्घाटन गरेका हुन् । उद्घाटन लगत्तै त्यहाँबाट पहिलो अन्तर्राष्ट्रिय उडान श्रीलंकाको कोलम्बोका लागि गरिएको छ । कुशीनगरमा नवनिर्मित उक्त अन्तर्राष्ट्रिय एयरपोर्टले बौद्ध पर्यटकहरुको आवागमनलाई सजिलो बनाउने बताइएको छ ।

२६० करोड रुपैयाँको लागतमा ३६०० वर्गमिटरमा फैलिएको टर्मिनल भवनसहित कुशीनगर एयरपोर्टको निर्माण भएको हो। नयाँ टर्मिनल ३ सय यात्रुहरुलाई सजिलै आउन जान सुविधा प्रदान गर्ने क्षमताको रहेको छ ।

कुशीनगर एक अन्तर्राष्ट्रिय बौद्ध तीर्थ केन्द्र हो । जहाँ भगवान गौतम बुद्धले महापरिनिर्वाण प्राप्त गरेका थिए । यो स्थल बौद्ध सर्किटको एक केन्द्रबिन्दु पनि हो । बौद्ध सर्किटमा कुशीनगरको अलावा लुम्बिनी, सारनाथ र गयाको तीर्थस्थलहरू सामेल छन् । यो एयरपोर्टले बौद्ध धर्मका अनुयायीहरुलाई विदेशबाट लुम्बिनीमा पुर्याउन समेत भूमिका निर्वाह गर्नेछ जसले लुम्बिनीको पर्यटन विकासमा ठूलो मद्दत गर्नेछ । साथै बौद्ध सर्किट लुम्बिनी, बोधगया, सारनाथ, कुशीनगर, श्रावस्ती, राजगीर, संकिसा तथा वैशालीको यात्रा यो एयरपोर्टले अब कम समयमा पूरा गर्न सकिनेछ।

कुशीनगर अन्तर्राष्ट्रिय एयरपोर्टले विश्वका विभिन्न देशहरुबाट आउने तीर्थयात्रीहरुलाई यो क्षेत्रका विभिन्न बौद्ध स्थानसँग जोड्न मद्दत र गर्नेछ । यस एयरपोर्टले एसियाली देशहरु श्रीलंका, जापाम, ताइवान, दक्षिण कोरिया, चीन, थाइल्याण्ड, भियतनाम र सिंगापुरबाट आउने पर्यटकलाई लुम्बिनी क्षेत्रमा ल्याउन ठूलो भूमिका निर्बाह गर्नेछ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ५ : २० बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।