२२ घन्टापछि कोशी राजमार्ग खुल्यो « Khabarhub

२२ घन्टापछि कोशी राजमार्ग खुल्यो


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा- लेउती खोलाले बगाएको कोशी राजमार्ग २२ घन्टापछि पुनः संचालन भएको छ । सडक डिभिजन कार्यालय, जिल्ला प्रहरी, ट्राफिक प्रहरी र नेपाली सेनाको सक्रियतामा राजमार्ग अस्थायी रूपमा संचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले बताए ।

उनका अनुसार स्काभेटरले तत्कालका लागि अस्थायी बाटो बनाएको हो । लेउती खोलाको बाढीले मंगलबार दिउँसो ४ बजे साँगुरीगढी गाउँपालिका( ६ फेदीमा करिब ५० मिटर सडक बगाएको थियो । धरानदेखि कोशी पहाडी तथा कोशी पहाडदेखि धरान झरेका सयौँ साना(ठूला गाडी अलपत्र परेका थिए ।

त्यस क्षेत्रमा अहिले पनि अविरल रूपमा वर्षा भइरहेको छ । खोलामा बालुवा र माटोको लेदोसहितको बाढी अहिले आइरहेको छ । बाटो सफा गर्न चारवटा स्काभेटर परिचालन गरिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ९ : ४० बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध