२२ घन्टापछि कोशी राजमार्ग खुल्यो « Khabarhub

२२ घन्टापछि कोशी राजमार्ग खुल्यो


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा- लेउती खोलाले बगाएको कोशी राजमार्ग २२ घन्टापछि पुनः संचालन भएको छ । सडक डिभिजन कार्यालय, जिल्ला प्रहरी, ट्राफिक प्रहरी र नेपाली सेनाको सक्रियतामा राजमार्ग अस्थायी रूपमा संचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले बताए ।

उनका अनुसार स्काभेटरले तत्कालका लागि अस्थायी बाटो बनाएको हो । लेउती खोलाको बाढीले मंगलबार दिउँसो ४ बजे साँगुरीगढी गाउँपालिका( ६ फेदीमा करिब ५० मिटर सडक बगाएको थियो । धरानदेखि कोशी पहाडी तथा कोशी पहाडदेखि धरान झरेका सयौँ साना(ठूला गाडी अलपत्र परेका थिए ।

त्यस क्षेत्रमा अहिले पनि अविरल रूपमा वर्षा भइरहेको छ । खोलामा बालुवा र माटोको लेदोसहितको बाढी अहिले आइरहेको छ । बाटो सफा गर्न चारवटा स्काभेटर परिचालन गरिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ९ : ४० बजे

खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई विजयी

खोटाङ– गत बिहीबार भएको प्रतिनिधिसभा सदस्यमा खोटाङबाट श्रम संस्कृति पार्टीका

सोलुखुम्बुमा कांग्रेस उम्मेदवार निर्वाचित

सोलुखुम्बु– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोलुखुम्बुबाट नेपाली कांग्रेसका प्रकाशसिंह कार्की निर्वाचित

रौतहट–२ बाट कांग्रेस उम्मेदवार आलम निर्वाचित

रौतहट– रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार डा.

जताततै घण्टी बज्दा ठुला दलमा ‘हाइभोल्टेज’को झड्का : प्रचण्डबाहेक सबै नेता पराजित

काठमाडौँ – जेनजी आन्दोलनपछि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभर

भोजपुरमा माटो चिह्नका उम्मेदवार अगाडि

भोजपुर– गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणाम आउने