बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच छलफल « Khabarhub

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच छलफल


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका प्रमुख नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच बुधबार अपरान्ह छलफल भएको हो ।

करिब २ घण्टा उनीहरुबीच छलफल भएको बालुवाटार स्रोतले जनायो ।

प्रदेश १ र बागमती प्रदेशमा एमाले नेतृत्वको सरकारले विश्वासको मत लिन ढिलाइ गरिरहेका बेला सत्ता गठबन्धनका नेताहरुबीच भएको यो छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ । दुबै प्रदेशमा एमाले नेतृत्वको सरकार स्पष्ट अल्पमतमा छ । त्यसैले यी दुई प्रदेशमा नयाँ सरकार बनाउने विषयमा उनीहरुबीच छलफल भएको छ ।

यी दुबै प्रदेशमा नेकपा (एकीकृत समाजवादी) नेतृत्वमा सरकार बनाउने विषयमा दलहरुबीच मोटामोटी सहमति बनेको छ । तर त्यसको औपचारिक जानकारी भने दिइएको छैन ।

प्रधानमन्त्री देउवासँग छलफल गर्नुअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कोटेश्वर पुगेर नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालसँग छलफल गरेका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ७ : ३० बजे

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो