काठमाडौँ- अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु स्वदेश फर्किएका छन् ।
तीन दिनको नेपाल भ्रमणमा बुधबार साँझ काठमाडौँ आएका लु शुक्रबार साँझ स्वदेश फर्किएका हुन् ।
सहायक विदेशमन्त्री लुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी र नायब शिष्टाचार महापाल रेवतिरमण पौडेलले बिदाइ गरे ।
दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने उनी नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारसँग सम्बन्ध स्थापना तथा नवीकरण गर्ने उद्देश्यले आएका थिए ।
नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री डा. नारायण खड्का, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए।
उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँगै अमेरिकी अनुदानमा प्राप्त फाइजर खोप वितरणको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अवलोकन गरेका थिए।
प्रतिक्रिया