संस्थापक नेताहरूका सपना पूरा गर्न चाहन्छु: सिंह | Khabarhub Khabarhub

संस्थापक नेताहरूका सपना पूरा गर्न चाहन्छु: सिंह


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीका संस्थापक नेताहरूको सपना पूरा गर्ने चाहना व्यक्त गरेका छन् ।

भ्रष्टाचारमा शून्य सहनशीलता, सुशासन, विकास र बिहान-बेलुका जनजीविका गर्न समस्या नहुने स्थिति निर्माणको सपना संस्थापक नेताहरू बिपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहका रहेको उनले बताए ।

वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालद्वारा लिखित ‘बानेश्वरको सेरोफेरो’ को आज लोकार्पण गर्दै उनले भने, ‘किसुनजी, गणेशमानजी र बिपी कोइरालाको सपना थियो- एउटा सफा, फ्रि करप्सन, गुडगभर्नेन्स र सबैको जीविकापार्जन गर्न बिहान/बेलुका समस्या नहुने समाज निर्माण गर्ने । त्यो सपना तपाईंहरूले सहयोग गर्नुभयो भने पूरा गर्न सक्छु भन्ने विश्वास छ ।’

बानेश्वरलाई उनले ऐतिहासिक र राजनीतिक केन्द्रको रूपमा चित्रण पनि गरे ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ११ : ५१ बजे

ट्रम्पले गभर्नरलाई दिए राजीनामा दिन निर्देशन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीे केन्द्रीय बैङ्क फेडरल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

आज २०८२ साल भदौ ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको