प्रचण्ड र विप्लवबीच सहकार्य गरेर अघि बढ्ने समझदारी « Khabarhub

प्रचण्ड र विप्लवबीच सहकार्य गरेर अघि बढ्ने समझदारी


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेचविक्रम चन्द ‘विप्लव’बीच आज भेटवार्ता भएको छ ।

माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच एकीकरणको चर्चा चलिरहेका बेलाको यो भेटलाई महत्वका साथ हेरिएको छ ।

प्रचण्डलाई भेट्न विप्लवले शनिबार बिहान खुमलटार पुगेका थिए ।

दुई नेताबीच पार्टीगत सहकार्य गरी अघि बढ्ने समझदारी भएको बताइएको छ । मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थालाई कसरी निकास दिने भन्ने विषयमा सकारात्मक छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटमा एकताका लागि पहल गरिरहेका माओवादी केन्द्रका प्रवक्तासमेत रहेका नेता कृष्णबहादुर महरासमेत सहभागी थिए । शनिबार बिहान महराले नै विप्लवलाई प्रचण्डको निवास खुमलटार लगेर गएका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १ : २१ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ