एमाले महोत्तरीका इन्चार्जले माहाधिवेशन प्रतिनिधिमा आफुखुसी नाम पठाएको आरोप | Khabarhub Khabarhub

एमाले महोत्तरीका इन्चार्जले माहाधिवेशन प्रतिनिधिमा आफुखुसी नाम पठाएको आरोप


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– नेकपा एमाले महोत्तरीको माहाअधिवेसन प्रतिनिधि चयन अझै निश्कर्षमा पुग्न सकेको छैन । अन्य जिल्लामा प्रतिनिधिको टुङ्गो लागि सक्दा पनि महोत्तरीमा भने माहाधिवेशन प्रतिनिधिका लागि आकाङ्क्षीहरूबीच विवाद लम्बिदै गएको छ ।

यसअघि एमालेको एक पक्षले प्रतिनिधि छनोट सर्वसम्मत भएको भन्दै प्रदेशमा नाम पठाइसकेको छ । तर, अर्को पक्षले भने असन्तुष्ट जनाउँदै आएको छ । महोत्तरीमा एमालेका १७ हजार सात सय सदस्य छन् । चार वटै क्षेत्रबाट सदस्य संख्याको आधारमा ३० जनासम्म प्रतिनिधि चयन गर्नु पर्ने एमाले महोत्तरीका इन्चार्ज टेकबहादुर बलाम्पाकीको भनाइ छ ।

यता, नेकपा एमाले प्रदेश इन्चार्ज रघुवीर माहासेठले प्रतिनिधि चयनमा कुनै विवाद नरहेको दाबी गरेका छन् । उनले महोत्तरीको पनि सर्वसम्मत नाम आइसकेको जिकिर गरे । तर, एक पक्षीय ढंगले आफुखुसी नाम राखेर प्रदेशमा पठाएको अर्को पक्षको आरोप छ ।

महाअधिवेशन नजिकिँदै गर्दा महोत्तरीमा के गर्ने भन्ने अन्यौल बढेको छ । इन्चार्ज माहासेठले यदि विवाद भएको भए पुनरावोलन गर्न सकिने पनि बताए । ‘हामी पार्टीको विधानअनुसार निर्वाचन आयोग गठन गरेर पनि अगाडि बढ्न सक्छौं,’ उनले भने । नेकपा एमालेले २७ कातिकभित्र देशैभरीबाट माहाअधिवेशन प्रतिनिधि चयन गरिसक्न निर्देशन दिएको थियो ।

– न्यूज कारखानाबाट

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १ : ३९ बजे

ट्रम्पले गभर्नरलाई दिए राजीनामा दिन निर्देशन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीे केन्द्रीय बैङ्क फेडरल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

आज २०८२ साल भदौ ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको