इलाम २ (ख) बाट कांग्रेस सभापतिमा खगेन्द्र लिम्बू निर्वाचित | Khabarhub Khabarhub

इलाम २ (ख) बाट कांग्रेस सभापतिमा खगेन्द्र लिम्बू निर्वाचित


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– इलाम निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट कांग्रेसको प्रदेश निर्वाचन क्षेत्रको सभापतिमा खगेन्द्र लिम्बू विजयी भएका छन् । उनले एक सय ५५ मत प्राप्त गरेका छन् । लिम्बू जिल्ला सभापतिका आकांक्षी भेषराज आचार्य समूहबाट प्रदेश निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका थिए ।

उनको निकटम प्रतिस्पर्धी लक्षमण राईले एक सय सात मत पाए । उनी पूर्व जिल्ला सभापति केशव थापा निकट हुन् । त्यस्तै, लक्षमण कार्कीले ८८ मत पाएका छन् । कार्की जिल्ला सभापतिका आकांक्षी डम्बर खड्का समूहका उम्मेदवार हुन् । प्रदेश सभा क्षेत्र निर्वाचन क्षेत्रको सभापतिका अर्का प्रत्यासी सुवास आङथुपो सुब्बाले ६९ मत प्राप्त गरे । उनी जिल्ला सभापति हिमालय कर्मचार्यको प्यालनबाट उम्मेदवार बनेका थिए ।

उपसभापतिमा पदमा केशर लिम्बू र हरिप्रसाद कोइराला विजयी भएका छन् । लिम्बूले दुई सय ५९ र कोइरालाले दुई सय १४ मत प्राप्त गरेका छन् । चार प्रतिस्पर्धीमध्ये पुष्पराज कार्की एक सय ५३ र हेमनारायण श्रेष्ठ राजनले एक सय १६ मत पाएका छन् ।

सचिवमा धनबहादुर लिम्बू भीमबहादुर मगर निर्वाचित भएका छन् । लिम्बूले एक सय ९९ र मगरले एक सय ९१ मत प्राप्त गरेका छन् । पाँच प्रतिस्पर्धीमध्ये तुलसीकुमार बुढाथोकीले एक ४५, लोकेश अधिकारी एक सय ४२ र दिपक गौतमले ८७ मत प्राप्त गरेका छन् ।

सहसचिवमा सदेश राई र चन्द्र फियाक लिम्बु निर्वाचित भएका छन् । राईले दुई सय ६७ र लिम्बुले दुई सय २४ मत प्राप्त गरेका थिए । निकटतम प्रतिस्पर्धी भेषराज पराजुलीले एक सय ८८ मत पाएका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १ : ४७ बजे

ट्रम्पले गभर्नरलाई दिए राजीनामा दिन निर्देशन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीे केन्द्रीय बैङ्क फेडरल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

आज २०८२ साल भदौ ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको