नेपालगञ्ज म्याराथनको उपाधि एपीएफका बोगटीलाई « Khabarhub

नेपालगञ्ज म्याराथनको उपाधि एपीएफका बोगटीलाई


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– सातौँ नेपालगन्ज म्याराथनको उपाधि सशस्त्र प्रहरी (एपीएफ) का किरणसिंह बोगर्टीले जितेका छन् । उनले २ घण्टा २९ मिनेट ४१ सेकेण्डमा ४२ किलोमिटर म्याराथन पूरा गरि नेपालगन्ज म्याराथनको उपाधि हात पारेका हुन् ।

यसैगरि, ४२ किलोमिटर म्याराथनमा २ घण्टा ३३ मिनेट २८ सेकेण्ड समय खर्चेर त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावत दोस्रो र सशस्त्र प्रहरीका सन्तोष विक्रम विष्ट २ घण्टा ३३ मिनेट ३४ सेकेण्ड लगाएर तेश्रो स्थान हात पारेका हुन् ।

हाफ म्याराथन २१ किलोमिटरमा धादिङकी सन्तोषी श्रेष्ठले १ घण्टा १८ मिनेट ४८ सेकेण्डमा पार गरि प्रथम भएकी छन् । यसैगरि, सशस्त्र प्रहरीकी पुष्पा भण्डारीले १ घण्टा १९ मिनेट १८ सेकेण्ड समय लगाएर दोस्रो भएकी छन् भने सुर्खेतकी विन्दु हमालले १ घण्टा ३६ मिनेट ३९ सेकेण्ड लगाएर तेस्रो स्थान हात पार्न सफल भएकी छन् ।

४२ किलोमिटर म्याराथनका विजेताहरूले क्रमशः एक लाख, ५० हजार र २५ हजार नगदसहित ट्रफी र पदक प्राप्त गरेका छन् भने २१ किलोमिटर म्याराथनका विजेताहरूले ५१ हजार, २५ र १५ हजार नगदसहित ट्रफी र पदक प्राप्त गरेका छन् ।
विजेताहरूलाई यूवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, नायक राजेश हमाल, राष्ट्रिय धावक हरिबहादुर रोकाय, विश्व साईकलयात्री पुष्कर शाह, दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाछेडले पुरस्कार वितरण गरेका थिए ।

क्रियटिभ ह्याण्ड्सले आयोजना गरेको सासौँ नेपालगन्ज म्याराथनको ४२ किलोमिटर म्याराथनमा ४९ पुरुषले भाग लिएका थिए भने २१ किलोमिटर म्याराथनमा ३२ जना महिला सहभागी थिए ।

यसैगरि, १० किलोमिटर पुरुषमा ९७, ५ किलोमिटर ब्वाइज ५ सय ३४, ३ किलोमिटर गर्ल २ सय ८४, २ किलोमिटर कर्पोरेट ४७, किड्स २ सय ५१ र ह्वील चियर १४ गरि ११ सय ७० जनाले सासौँ नेपालगन्ज म्याराथनमा सहभागिता जनाएको आयोजक क्रियटिभ हेण्डसका टिएस ठकुरीले जानकारी दिए ।

नेपालगञ्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा नेपाली सेना कै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथोमा नेपाल प्रहरीका भूमिराज राई, पाँचौमा नेपाली सेनाका नवराज साउद र छैठौमा सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की विजयी भएका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १० : ४० बजे

कांग्रेस क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आज सकिँदै

काठमाडौँ– नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिकका लागि तोकिएको समय आज

भीमफेदीको बैदमारमा जीप दुर्घटना, दुईजनाको मृत्यु

मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकमा गए राति पिकअप

स्ट्रेट अफ हर्मुज बन्द गर्ने इरानको घोषणा, तेल आपूर्तिमा संकट

काठमाडौँ – इरान र अमेरिकाबीचको सैन्य तनाव एकाएक उत्कर्षमा पुगेको

काठमाडौँमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु

काठमाडौँ– हिमालयन रिम फिल्म प्रदर्शनी सुरु भएको छ । ‘मार्शल

विश्वकप २०२६ का सबैभन्दा महंगा प्रशिक्षक को हुन् ?

फिफा विश्वकप २०२६ अब ढोकामै आइपुगेको छ। अमेरिका, मेक्सिको र