मकवानपुरमा एचआईभी सङ्क्रमित बढ्दै | Khabarhub Khabarhub

मकवानपुरमा एचआईभी सङ्क्रमित बढ्दै


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुर जिल्लामा हाल एचआईभी सङ्क्रमितको सङ्ख्या ३९९ पुगेको एक तथ्याकङ्ले देखाएको छ ।

यसको सङ्ख्या महिनैपिच्छे बढ्दै गएको हेटौँडा अस्पतालले जनाएको छ । प्रत्येक महिना ४– ५ एचआईभीका नयाँ सङ्क्रमित देखिने गरेको छ ।

उक्त अस्पतालका अनुसार जिल्लामा ती सङ्क्रमितमध्ये १४७ महिला, १४४ पुरुष र १८ तेश्रो लिङ्गी रहेको बताइएको छ । उनीहरुले उक्त अस्पतालबाट सङ्क्रमण विरुद्धको एआरटी औषधि नियमितरुपमा सेवन गरिरहेको जनाइएको छ ।

अस्पतालका एआरटी काउन्सुलर सुजल श्रेष्ठले जिल्लामा एचआईभी सङ्क्रमितको सङ्ख्या बढ्दै गरेको जानकारी दिँदै मकवानपुरका केही सङ्क्रमितका साथै अन्य जिल्लाका सङ्क्रममितले समेत एआरटी खाइरहेको बताए ।

सन् २०१२ देखि हालसम्म जिल्लामा ३२ जनाको एचआईभी सङ्क्रमणबाट मृत्यु भइसकेको छ । एचआईभी हुँदैमा एड्स नहुने र एचआईभी सङ्क्रमित धेरै वर्षसम्म स्वस्थ्य रहने भएकाले रोगलाई लुकाउन नहुने र समय समयमा उपचार गराउनु पर्ने उनको भनाइ थियो छ ।

सङ्क्रमित भएको लामो समयसम्म उपचार नगराएमा पछि उपचार गर्न समस्या हुने र किटाणु वृद्धि भएर सङ्क्रमितको रोगसँग लड्ने क्षमता पनि कम हुने काउन्सुलर श्रेष्ठले बताए । एचआईभी सङ्क्रमितमा लामो समयसम्म ज्वरो आउने, पसिना आउने, पखाला लाग्ने र अन्य कारणबाट समेत लामो समयसम्म सञ्चो नभए चिकित्सकसँग परामर्श गरी उपचार गराउनुपर्ने चिकित्सकको भनाइ थियो ।

असुरक्षित यौन सम्र्पक, सङ्क्रमितको रगत तथा सिरिन्जको प्रयोगले यो रोग सर्ने भएकाले त्यसबाट जोगिनुपर्ने बताइएको छ । सरकाले यस रोगका सम्वन्धमा समय समयमा चेतनामूलक कार्यक्रम गरिरहेकोले रोग लुकाउन नहुँनेमा काउन्सुलर श्रेष्ठले जोड दिए ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १० : ०० बजे

किशोरीलाई बलात्कार गरेको अभियोगमा भारतीय नागरिक पक्राउ

काठमाडौं – एकजना १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा

चलचित्र विकास बोर्डको बक्स अफिस एपमा प्राविधिक समस्या

काठमाडौं- चलचित्र विकास बोर्डको बक्स अफिस एपमा प्राविधिक समस्या देखिएको

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

काठमाडौं- ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका

अमेरिकी प्रतिबन्धपछि भारत रूसी कच्चा तेलबाट परिवर्तन हुनसक्छ : विश्लेषकहरू

नयाँ दिल्ली- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कोका दुई ठूला तेल

साखर सडक भाँसिदा पृथ्वी राजमार्ग एकतर्फी

काठमाडौं- मुग्लिन–आँबुखैरेनी खण्ड अन्तर्गतको साखर सडक भाँसिदा पृथ्वी राजमार्ग एकतर्फी