स्काउटमा तीन लाख विद्यार्थी पुर्‍याउने लक्ष्य | Khabarhub Khabarhub

स्काउटमा तीन लाख विद्यार्थी पुर्‍याउने लक्ष्य


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल स्काउटले मुलुकभर तीन लाख विद्यार्थीलाई समेटने लक्ष्यका साथ अभियान थालेको छ । मुलुक सङ्घीय संरचनामा गएसँगै आफ्नो संरचना पनि सोहीअनुसार अघि बढाएको नेपाल स्काउटले मुलुकका सबै (७५३ वटै) स्थानीय तहमा संरचना निर्माण गरिसकेको जनाएको छ ।

स्काउट गतिविधिलाई थप चलायमान बनाउन संरचना विस्तार गर्ने क्रममा आज स्थानीय स्काउट कार्यालय काठमाडौँले यहाँ ‘प्रधानाध्यापक गोष्ठी’ गरेको छ ।

हरेक स्कुलमा स्काउटको संरचना निर्माण गर्ने लक्ष्यसहित उक्त कार्यक्रम आयोजना गरिएको र यो अभियान मुलुकभर नै जारी रहेको वाग्मती प्रदेश सदस्य शिवराम अर्यालले जानकारी दिए ।

हाल नेपालमा ६५ हजार विद्यार्थी स्काउटमा आवद्ध छन् । उनका अनुसार काठमाडौँ महानगरपालिकाका ५९ सरकारी उच्च माध्यामिक विद्यालयमध्ये १३ वटामा स्काउट रहेकामा अब सबै विद्यालयलाई समेटने गरी उक्त भेला गरिएको हो ।

सन् १९०७ मा २० जनालाई लिएर बेलायतबाट लर्ड वेडेन पावेलले स्काउट स्थापना गरेका थिए । नेपालमा सन् १९५२ (विसं २००९) मा स्काउट शुरु भएको हो । स्काउटको इकाइ गठन गर्न तथा गतिविधि सञ्चालनका लागि काठमाडौँ महानगरपालिकाले आवश्यक सहयोग गर्दै आएको र यो क्रम जारी रहने महानगरपालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए ।

कार्यक्रममा नेपाल स्काटउका निर्देशक रामप्रसाद भट्टराइले स्काउटको उद्देश्य, राष्ट्रिय तथा अन्तरराष्ट्रिय अभ्यास तथा गतिविधिका बारेमा प्रस्तुति दिँदै वर्तमान समयमा स्काउटको भूमिका अझ बढेर गएको बताए ।

आयोजक संस्थाका संयोजक विमला श्रेष्ठले काठमाडौँ महानगरपालिकामा पनि स्काउटलाई व्यवस्थितरुपमा अघि बढाउनका लागि र हरेक शैक्षिक संस्थामा स्काउट इकाइ पुर्‍याउनका लागि प्रधानाध्यापकसँग छलफल गरिएको जानकारी दिए ।

स्काउटले बालकालिका तथा युवालाई कर्तव्यपरायण, सत्चरित्र र सुयोग्य नागरिक बनाउनुका साथै शारीरिक, मानसिक र बौद्धिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँछ । यसैगरी स्थानीय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायप्रति उत्तरदायी सदस्य बन्न योग्य बनाउँछ ।

विगतमा सामाजिक सेवा तथा विपदका बेलामा समेत स्काउट टोलीले मुलुकमा महत्वपूर्ण काम गर्दै आएको थियो । कोभिड–१९ सङ्क्रमणको समयमा स्काउट टोलीले जोखिमका साथ शव व्यवस्थापनसमेत गरेको थियो । यस्तै विपदजन्य घटना, महामारी, भूकम्प र बाढी पहिरा आउँदासमेत स्काउट टोली उद्धारमा खटिएको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ८ : ४० बजे

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

धादिङ– धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको

खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ६९ योजना कार्यान्वयन

म्याग्दी– खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, म्याग्दीले गत

बाढीले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध

गुल्मी– अविरल वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ

अर्थसहित पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिका बैठक बस्दैछन्

धार्मिक पर्यटनको सम्भावना बोकेको ‘जलजला’ ओझेलमा

म्याग्दी– धार्मिक र पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको म्याग्दी, पर्वत