रामायण सर्किटमा नेपाल, भारत र श्रीलंकालाई जोड्न छलफल सुरु « Khabarhub

रामायण सर्किटमा नेपाल, भारत र श्रीलंकालाई जोड्न छलफल सुरु


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– तेस्रो रामायण सर्किट, मिथिला र अवधको सम्बन्ध विषयमा अन्तर्राष्ट्रिय सम्मेलन जनकपुरधाममा सुरु भएको छ ।

रामायणमा भारत, नेपाल र श्रीलंकाबीचको सम्बन्धलाई उजार गरे जस्तै तीनै देशलाई जोडने गरी रामायण सर्किटको आवश्यकता रहेकोले शनिबार तीनै देशका प्रनिधिनिहरूबीच छलफल भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा तीनै देशका प्रतिनिधिहरूले रामायण सर्किट, मिथिला र अवधको सम्बन्धको विषयमा आफ्ना धारणा राखेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले २०७५ वैशाख २८ गत्ते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रूपमा उद्घाटन गरेको जनकपुरधाम–अयोध्या बस सेवा पुनः सुचारु गर्न दुवै देशबीच समन्वय भइरहेको बताए ।

श्रीलंकाली राजदूत हिमाली सुभाषणी अरुण तिलकाले रामायण सर्किट निर्माणले भारत नेपाल र श्रीलंका तीनवटै देशको पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । बुद्ध धर्मावलम्बीहरूको कारणले नेपाल र श्रीलंकाको सम्बन्ध रहँदै आएको बताउँदै उनले रामायण सर्किटले यी देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने बताइन् ।

भारत उत्तर प्रदेशका कमिसनर विशाल सिंहले भारतको अयोध्या र जनकपुरधामलाई जोड्न चाँडै हवाईसेवा र रेलमार्गको काम हुने बताए । अयोध्यादेखि जनकपुरधाम जोड्न बस सेवा चाँडै सुरु हुने बताउँदै उनले डबल लाइनको रेल्वे ट्याकको निर्माण कार्यसमेत भइरहेको बताए ।

जनकपुरधामका मेयर लालकिशोर शाहले जनकपुरधाम बिना रामायण अधुरो रहेको भन्दै रामायण सर्किटलाई जनकपुरधामसँग जोड्नु अति आवश्यक रहेको बताए । इतिहासमा जनकपुरधाम र अवधको सम्बन्ध बारे लामो वर्णन गरिएको बताउँदै मेयर साहले भने, ‘त्रेता युगको सम्बन्धलाई वर्तमान समयमा पनि स्थापित गर्नुपर्ने समय आएको छ, यसको लागि दुवै देशका सरकारले पहल गर्नुपर्छ ।’

जनकपुरधाम उप–महानगरपालिकाको आयोजना तथा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको सहआयोजनामा सुरु भएको सम्मेलन आइतबारसम्म चल्ने छ ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ८ : २४ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ