पूर्वमन्त्री महासेठविरुद्ध जनकपुरधाममा प्रदर्शन « Khabarhub

पूर्वमन्त्री महासेठविरुद्ध जनकपुरधाममा प्रदर्शन


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– महाधिवेशन प्रतिनिधि छनौटमा धाँधली गरेको भन्दै नेकपा एमाले धनुषाका असन्तुष्ट पक्षले पूर्वमन्त्री रघुवीर महासेठविरुद्ध जनकपुरमा विरोध प्रदर्शन गरेका छन् ।

पार्टीको महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी र धाँधली गरेको भन्दै एमालेका प्रदेश सांसद किशोरी साह (कमल) को नेतृत्वका असन्तुष्ट नेता तथा कार्यकर्ताले महासेठविरुद्ध नाराबाजीसहित शनिबार जनकपुरमा विरोध प्रदर्शन गरेका हुन् । स्थानीय जनकपुर रेल्वे स्टेसनबाट निकालिएको विरोध र्‍याली भानु चोक, शिव चोक हुँदै जनक चोकमा कोणसभामा परिणत भएको थियो ।

पार्टीका स्थायी समिति सदस्य महासेठले पार्टीमा वर्षोदेखि लगानीका गरेकाहरूलाई बाइपास गरी आफ्ना आसेपासे तथा नातामा पर्नेलाई महाधिवेशन प्रतिनिधि बनाएको प्रदेश सभामा प्रमुख सचेतक समेत रहेका साहले बताए ।

महासेठले आफ्ना निकटलाई मात्रै प्रतिनिधि बनाई पार्टीमा वर्षोदेखि लागेकाहरूलाई हातोसहित गर्ने काम गरेको र यसले पार्टीलाई क्षति पुग्ने बताउँदै सांसद साहले भने, ‘महासेठलाई अव धनुषामा एकलौटी गर्न दिँदैनौं । महाधिवेशन प्रतिनिधिको नामावली संशोधन नभए आफूहरूले महासेठविरुद्ध कडा रूपमा आन्दोलनको कार्यक्रम बढाउँछौं ।’

एमालेका प्रमुख सचेतक साह, माओवादी केन्द्रबाट एमाले रोजेका शिला यादव, श्रीलाल महासेठ, फरमुद नदाफलगायतकालाई बेवास्ता गर्दै महासेठले एकलौटी मनोमानी निर्णयपछि आफूहरू विरोधमा उत्रिएको उनले बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ८ : ५६ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार