रामप्रसाद दुलाल स्मृति पत्रकारिता पुरस्कार भट्टराईलाई | Khabarhub Khabarhub

रामप्रसाद दुलाल स्मृति पत्रकारिता पुरस्कार भट्टराईलाई


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– प्रजातान्त्रिक योद्धा तथा समाजसेवी स्वर्गीय रामप्रसाद दुलालको स्मृतिमा स्थापना गरिएको ‘रामप्रसाद दुलाल स्मृति पत्रकारिता पुरस्कार २०७८’ इलामका पत्रकार विजयशेखर भट्टराईलाई प्रदान गरिएको छ ।

दुलाल परिवारसँगको सहकार्यमा नेपाल प्रेस युनियन इलाम शाखाले स्वर्गीय रामप्रसाद दुलालको स्मृतिमा २० हजार रुपैयाँ राशिको पुरस्कार स्थापना गरेको थियो । शनिबार इलाममा एक समारोह आयोजना गरेर भट्टराईलाई २० हजार रुपैयाँ राशिको पुरस्कार प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले प्रदान गरे ।

करिब तीन दशकदेखि पत्रकारितामा क्रियाशील भट्टराई हाल नेपाल टेलिभिजनको संवाददाताको रूपमा कार्यरत छन् । यस अघि उनी सन्दकपुर दैनिक, नेपालबाणी एफएम, राष्ट्रिय समाचार समितिलगायतका सञ्चार माध्यममा कार्यरत थिए ।

इलाम जिल्लामा प्रजातान्त्रिक विचारधारा स्थापित गराउन क्रियाशील रहेर दुलाल समाजसेवामा समेत कहलिएका व्यक्ति हुन् । समाजसेवामा अग्रसर रहेका दुलाललाई ‘जिल्ला बा’ को उपनामले समेत चिनिने गरेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।

समाज विकासमा दुलालले पुर्‍याएको योगदानलाई जीवन्त राख्नको लागि पत्रकारिता पुरस्कार स्थापना गरिएको प्रेस युनियनका केन्द्रीय सदस्य तथा उनका नाति माधव प्रसाद चम्लागाईंले बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ९ : ०० बजे

एनपीएल एलिमिनेटर : चितवनले गुमायो तीन विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको एलिमिनेटरमा चितवन राइनोजले तीन

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

नेष्डो समृद्ध लघुवित्तले १५ प्रतिशत बोनस दिने

काठमाडौं– नेष्डो समृद्ध लघुवित्त संस्था लिमिटेडले शेयरधनीलाई १५ प्रतिशत बोनस

ग्रीन डेभलपमेन्ट बैंकले ६ प्रतिशत बोनस दिने

काठमाडौं– ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले ६ प्रतिशत बोनस दिने भएको

जयकिशन र बसिस्टोको अर्धशतकमा कर्णालीले चितवनलाई दियो १७६ रनको चुनौती

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार भएको इलिमिनेटर खेलमा