चार वर्षपछि धरानमा गुञ्जियो ‘रविन एण्ड द न्यु रिभोलुसन’ « Khabarhub

चार वर्षपछि धरानमा गुञ्जियो ‘रविन एण्ड द न्यु रिभोलुसन’


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान–कोभिड महामारी लगत्तै झण्डै साढे दुई वर्षपछि आयोजना भएको ‘टुबोर्ग मेगा लाइभ कन्सर्ट’मा रकपप व्याण्ड ‘रविन एण्ड द न्यु रिभोलुसन’ले आफना हिट गीतहरुसँगै धरानको चिसो मौसमलाई तताएको छ ।

धरान १२ स्थित पब्लिक हाइस्कुलको खेलमैदानमा आयोजित कन्सर्टमा व्याण्डका प्रमुख गायक रविन तामाङले नेपाली ढाका टोपीमा सजिएर ‘नेपाल–नेपाल’ बोलको गीतबाट आफ्नो प्रस्तुति सुरु गरेका थिए ।

चार वर्षपछि कन्सर्टका लागि धरान आएका उनले ‘भेटे मैले शिवजी’, ‘केटाकेटी पहिलो नाम’, ‘जति माया लाएपनि’, ‘चिसो चिसो हावा’ र ‘दम मारो दम’लगायतका दर्जन गीत गाएका थिए । रविन आफ्नो टिमका प्रविणदास श्रेष्ठ, हरिकृष्ण महर्जन र विजय विश्वकर्मासँग स्टेजमा देखिएका थिए ।

कोभिड पछिको आफ्नो पहिलो ओपन कन्सर्ट भएको बताउंदै गायक तामाङले सबैलाई सुरक्षाका लागि मास्क, सेनिटाइजर प्रयोग गर्न र खोप अनिवार्य लगाउन अनुरोध गरे । कार्यक्रममा स्थानीय प्रतिभाहरु हिना मल्ल बराइली र दिपिका बस्नेतले आफ्नो प्रस्तुति दिएका थिए ।

टुबोर्गको प्रस्तुति र सिल्भर इन्टरटेनमेन्टको आयोजनामा यसअघि धरानमा ‘टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१७’ र पथरीमा ‘टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१८’ आयोजना भईसकेको छ । मेगा लाइभ कन्सर्टको यो तेस्रो संस्करण हो ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ११ : २१ बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि