स्रष्टालाई राइजिङ स्टारको सम्मान « Khabarhub

स्रष्टालाई राइजिङ स्टारको सम्मान


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राइजिङ्ग स्टार कल्चर ग्रुप, चन्द्रागिरीले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा हालै आयोजित वार्षिकोत्सवमा सञ्चार, फिल्म, गीतसंगीत तथा खेलकुद क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न ब्यक्तिलाई ‘राष्ट्रिय स्रष्टा तथा कलाकार सम्मान’ प्रदान गरेको छ । केटिएम जाम डान्स ब्याटलका बिजेतालाई पुरस्कृत गरिएको कार्यक्रममा चलचित्र पत्रकार लक्ष्मण सुवेदी नगद राशीसहित ‘उत्कृष्ट चलचित्र पत्रकार सम्मान’बाट सम्मानित भए ।

त्यस्तै फिल्म निर्देशक मधुसुदन भट्टराई र कल्याण अधिकारी ‘उत्कृष्ट निर्देशक सम्मान’, गायक सुरज पौडेल र नवीनकुमार पौडेललाई ‘उत्कृष्ट गायक सम्मान’, विद्या तिवारीलाई ‘उत्कृष्ट गायिका’, तुलसीप्रसाद श्रेष्ठ, भुवनकुमार काफ्ले र विकास चापागाईंलाई ‘उत्कृष्ट कलाकार सम्मान’ तथा काजीमान श्रेष्ठ र वीरकृष्ण श्रेष्ठलाई ‘खेलाडी सम्मान’ प्रदान गरिएको थियो ।

उनीहरुलाई बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, उपमेयर लीसा नकर्मी, चन्द्रागिरी नगरपालिका वडा नं ७ का अध्यक्ष शम्भुकुमार केसी, बागमती प्रदेश सदस्य रमा आलेमगर, कार्यक्रम आयोजक संस्थाका अध्यक्ष विक्रम तामाङले सम्मान गरेका थिए ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ११ : ४३ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह