कोरोना प्रभाव : ‘लुनार न्यू एयर’ चिनियाँहरुले नमनाएको तेस्रो वर्ष « Khabarhub

कोरोना प्रभाव : ‘लुनार न्यू एयर’ चिनियाँहरुले नमनाएको तेस्रो वर्ष


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्ररुपमा फैलिँदै गएपछि विभिन्न मुलुकहरुमा प्रतिबन्धात्मक नियमहरु लागु गरिएका छन्।

सन् २०१९ को डिसेम्बरमा चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना महामारीले विश्वभर लाखौं मानिसको मृत्यु भइसकेको छ भने करोडौं मानिसहरु संक्रमित भएका छन्।

यसले गर्दा धेरै मुलुकहरुको अर्थतन्त्र तहसनहस भएको छ भने मानिसहरुको जीवन अस्तव्यस्त भएको छ। कोरोनाको पछिल्लो भेरियन्टहरु डेल्टा नियन्त्रणको क्रममा रहेको समयमा दक्षिण अफ्रिकाबाट ओमरिक्रोन भेरियन्ट देखा परेको हो।

विभिन्न युरोपियन मुलुकहरुले सन् २०२२ को नयाँ वर्षको कार्यक्रमहरु स्थगित गरेका छन्। सन् २०१९ देखि नै चीनले लुनार न्यु एयर मनाउन पाएको छैन। चीनमा हरेक फेब्रुअरी १ देखि लामो बिदा दिने चलन छ।

उक्त बिदामा लाखौं मानिसहरु आफन्त भेट्ने, रमाइलो गर्नेलगायतका विभिन्न उत्सवहरु मनाउने गर्छन्। तर, जिरो कोभिड रणनीति अपनाएको भनिएको चीनमा पनि कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि फेरि प्रतिबन्धका नीतिहरु अपनाइएका छन्।

चीनले यात्रामा प्रतिबन्ध लगाएको छ। चिनियाँ अधिकारीहरुले कोभिड १९ को रोकथामका लागि विभिन्न संक्रमणहरु नियन्त्रण गर्नका लागि फेरि लकडाउनका नियमहरुमा कडाइ गर्न थालिएको हो। जसका कारण चिनियाँहरुले लगातार तेस्रो वर्ष नयाँ वर्ष र स्प्रिङ फेस्टिभलका बिदाहरु मनाउन नपाउने पाएका हुन्।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  १२ : १२ बजे

बुढीगण्डकी बाढीबाट माछाखोलामा करोडौँको क्षति (तस्बिर)

गोरखा– असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–५ स्थित

विपदबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा– बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक