कोरोना प्रभाव : ‘लुनार न्यू एयर’ चिनियाँहरुले नमनाएको तेस्रो वर्ष « Khabarhub

कोरोना प्रभाव : ‘लुनार न्यू एयर’ चिनियाँहरुले नमनाएको तेस्रो वर्ष


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्ररुपमा फैलिँदै गएपछि विभिन्न मुलुकहरुमा प्रतिबन्धात्मक नियमहरु लागु गरिएका छन्।

सन् २०१९ को डिसेम्बरमा चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना महामारीले विश्वभर लाखौं मानिसको मृत्यु भइसकेको छ भने करोडौं मानिसहरु संक्रमित भएका छन्।

यसले गर्दा धेरै मुलुकहरुको अर्थतन्त्र तहसनहस भएको छ भने मानिसहरुको जीवन अस्तव्यस्त भएको छ। कोरोनाको पछिल्लो भेरियन्टहरु डेल्टा नियन्त्रणको क्रममा रहेको समयमा दक्षिण अफ्रिकाबाट ओमरिक्रोन भेरियन्ट देखा परेको हो।

विभिन्न युरोपियन मुलुकहरुले सन् २०२२ को नयाँ वर्षको कार्यक्रमहरु स्थगित गरेका छन्। सन् २०१९ देखि नै चीनले लुनार न्यु एयर मनाउन पाएको छैन। चीनमा हरेक फेब्रुअरी १ देखि लामो बिदा दिने चलन छ।

उक्त बिदामा लाखौं मानिसहरु आफन्त भेट्ने, रमाइलो गर्नेलगायतका विभिन्न उत्सवहरु मनाउने गर्छन्। तर, जिरो कोभिड रणनीति अपनाएको भनिएको चीनमा पनि कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि फेरि प्रतिबन्धका नीतिहरु अपनाइएका छन्।

चीनले यात्रामा प्रतिबन्ध लगाएको छ। चिनियाँ अधिकारीहरुले कोभिड १९ को रोकथामका लागि विभिन्न संक्रमणहरु नियन्त्रण गर्नका लागि फेरि लकडाउनका नियमहरुमा कडाइ गर्न थालिएको हो। जसका कारण चिनियाँहरुले लगातार तेस्रो वर्ष नयाँ वर्ष र स्प्रिङ फेस्टिभलका बिदाहरु मनाउन नपाउने पाएका हुन्।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  १२ : १२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार