खेलाडी र क्यानको तिक्तता मेटाउन सिप्यानको आग्रह « Khabarhub

खेलाडी र क्यानको तिक्तता मेटाउन सिप्यानको आग्रह


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीच पछिल्लो समय भएको विवाद मिलाउन क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले आग्रह गरेको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै सिप्यानले खेलाडीको सेन्ट्रल कन्ट्रयाक्ट वर्गीकरणको विषयलाई लिएर हाल देखिएको क्यान र खेलाडीबीचको विवादप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

सिप्यानले खेलाडीहरूले आफ्ना भावना तथा आवाज अगाडि राख्न खोज्दा मागको उचित सम्बोधन गर्नुको सट्टा खेलाडीहरूमाथि नै गरिएका कारबाहीले क्रिकेट विकासमा अवरोध पुग्ने अवस्था सृजना भएको बताएको छ ।

‘क्रिकेट खेलाडीहरूको योगदानको फलस्वरूप आजको दिनमा नेपाली क्रिकेटले विश्व क्रिकेट जगतमा विशेष पहिचान बनाउन सफल भएको कुरा सबैमा विदितै छ । तथापि खेलाडीहरूले आफ्ना भावना तथा आवाज अगाडि राख्न खोज्दा ती मागको उचित सम्बोधन गर्नुको सट्टा खेलाडीहरूमाथि नै गरिएका कारवाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्न जाने अवस्था सृजना भएको छ,’ अध्यक्ष मनिषराज पाण्डे र महासचिवसमेत रहेका पूर्वकप्तान पारस खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यस्तै सिप्यानले वर्गीकरणलाई पारदर्शी रूपमा निश्चित मापदण्ड तोकेर अवलम्बन गर्दै तर्कसम्मत र त्रुटिरहित बनाउन तथ्यपरक, वस्तुपरक र वैज्ञानिक बनाइनुपर्ने आवश्यता रहेको बताएको छ । ‘सिप्यानबाट गत वर्ष पनि क्यान र राष्ट्रिय राष्ट्रिय खेलकुद परिषद्लाई क्रिकेट खेलाडीसँग प्रत्यक्ष सरोकार राख्ने विषयवस्तुमा वर्गीकरणसम्बन्धी दिइएको सुझाव आज पनि उत्तिकै सान्दर्भिक देखिन्छ । वर्गीकरण जस्तो महत्वपूर्ण विषयवस्तुलाई पारदर्शी रूपमा निश्चित मापदण्ड तोकेर अवलम्बन गर्दै तर्कसम्मत र त्रुटिरहित बनाउन तथ्यपरक, वस्तुपरक र वैज्ञानिक बनाइनुपर्ने आवश्यता पुनः दोहो¥याउन जरुरी देखिन्छ ।’

गत २९ मंसिरमा बसेको क्यानको बोर्ड बैठकले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त गरेको थियो भने दुई खेलाडीसँगै कमलसिंह ऐरी र सोमपाल कामीलाई २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा सुरुको ६ महिनाका लागि सहभागिता नगराउने निर्णय गरेको थियो ।

चारै खेलाडीलाई विधानविपरीत मिडियामा बोलेको र आचारसंहिता उल्लङ्घन गरेका कारण कारबाही गरेको क्यानले जनाएको छ । सिप्यानले क्यान र खेलाडीहरूको बीचमा रहेको यस विषयसँग सम्बन्धित तिक्तता मेटाई खेलाडीहरूको मनोबल उच्च बनाइराख्न र समग्र नेपाली क्रिकेटको भलो हुने कदम उठाउनुपर्ने आवश्यकता रहेको बताएको छ ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  १ : ०० बजे

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने