कंगना पाउन श्रीमति छोड्न तयार अनिल कपूर | Khabarhub Khabarhub

कंगना पाउन श्रीमति छोड्न तयार अनिल कपूर


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउडकी ‘क्विन’ कंगना रनावतको सुन्दरताले उनको लोकप्रियता घटेको छैन । ३४ वर्षकी कंगना अविवाहित छिन् र उनी कोही राम्रो व्यक्तिको पखाईमा छिन् ।

बलिउडमा एक यस्ता कलाकार छन्, जो कंगनासँग विवाह गर्न आफ्नो श्रीमति पनि छोड्न तयार छन् । ती अभिनेता हुन्, अनिल कपूर । अनिल कंगना प्रति यति मोहित छन् कि कंगनासँग विवाह गर्न उनी आफ्नो पत्नीसँग डिभोर्स गर्न पनि तयार छन् । अनिलले यो कुराको खुलासा करण जोहारको शो ‘कफी विद करण’मा गरेका थिए ।

करणले अनिललाई ‘त्यो महिलाको नाम भन्नुहोस्, जसका लागि तपाईं आफ्नो पत्नी सुनीता कपूरलाई छोड्न चाहनुहुन्छ ?’ भनी सोधेका थिए । त्यसपछि अनिलले कंगनातिर इशारा गर्दै उनको नाम लिएका थिए । अनिलले मजाकमा कंगनाको नाम लिए पनि सामाजिक सञ्जालले उनको भनाईलाई ट्रोल बनाइरहेका छन् ।

अनिल र सुनीताले सन् १९८४ मा विवाह गरेका थिए । त्यो समयमा सुनीता एक मोडल थिइन् र उनका पिता बैंकर थिए । त्यही समयमा अनिल फिल्म उद्योगमा आफ्नो पहिचान बनाइरहेका थिए । अहिले सुनीता पेशाले कष्ट्युम डिजाइनर हुन् । उनीहरुको सोनम, रिया र हर्षवर्धन कपूर गरी तीन सन्तान छन् ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  १२ : ५१ बजे

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल