सबै नागरिकले सहज शिक्षा पाउनुपर्छ : प्रधानमन्त्री देउवा « Khabarhub

सबै नागरिकले सहज शिक्षा पाउनुपर्छ : प्रधानमन्त्री देउवा


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्ने सरकारको मान्यता रहेको बताएका छन् ।

सोमबार काठमाडौँमा त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री देउवाले आर्थिक हैसियत भएका सिमित वर्गको पहुँचमा मात्र शिक्षा हुन नहुने भन्दै सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्ने बताए ।

दीक्षित विद्यार्थीले सचेत र शिष्ट नागरिक बन्दै राष्ट्रप्रतिको कर्तव्य निर्वाह गर्ने उनको विश्वास छ । उनले मुलुकको लोकतान्त्रिक प्रणालीलाई सवल र सृदृढ बनाउन, मुलुकको अर्थतन्त्रलाई तीव्ररुपमा रुपान्तरण गर्न दक्ष प्राविधिक जनशक्ति उत्पादन हुनुपर्ने धारणा राखे । प्रतिष्पर्धी बिश्व शैक्षिक बजारलाई मध्यनजर गर्दै विश्वबिद्यालयले समयानुकुल आफुलाई परिमार्जन गर्दै लैजानुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा विश्वविद्यालयबाट बिभिन्न संकायका परीक्षाहरुमा सर्वोत्कृष्ट अङ्क प्राप्त गरी सर्वप्रथम हुने उत्कृष्ट २१ विद्यार्थीलाई २९ विधामा पदक एवं पुरस्कार वितरण गरिएको छ भने दीक्षित बिद्यार्थीहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  २ : २९ बजे

सेतो मच्छिन्द्रनाथ : करुणा, वर्षा र जीवनसँग जोडिएको परम्परा

काठमाडौँ उपत्यकाको मुटुमा सेतो मच्छिन्द्रनाथ केवल एक धार्मिक देवता होइन,

लाइसेन्स, नागरिकता र पासपोर्ट घर–घरमै पुर्‍याउने बालेन सरकारको योजना

काठमाडौं- वडाबाट सामान्य सिफारिसपत्र बनाउनदेखि संघबाट दिइने सेवा लिन जनताले

कांग्रेसको देउवा पक्षबाट केन्द्रीय समिति बैठक र जिल्ला सभापतिहरुको भेला आह्वान

काठमाडौँ– नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औँ महाधिवेशनबाट

आँखा शिविरबाट वृद्धवृद्धा लाभान्वित

पर्वत– पर्वतको मोदी गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार

घोराही–लमही सडक विस्तार थालियो

दाङ– दाङको घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरु भएको छ