जुम्लावासीलाई चिसोबाट जोगाउने तातोपानी कुण्ड « Khabarhub

जुम्लावासीलाई चिसोबाट जोगाउने तातोपानी कुण्ड


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको तापक्रम यतिबेला माइनस ६ दशमलब शून्य डिग्री छ । केही दिनपछि यहाँको तापक्रम माइनस १५ डिग्रीभन्दा माथि पुग्ने मौसम विभागको पूर्वअनुमान छ । बढ्दो चिसोबाट जोगिन यहाँका सर्वसाधारणले जसोतसो प्रयास त गरीरहेकै छन् । तर, पानी नै जम्न थालेपछि सरसफाइ गर्ने पानी र खानेपानीसमेत अभाव हुन थालेको छ ।

बरफ बनेको पानी पगाल्ने प्रशस्त बिजुली अभाव र ज्यान तातो बनाउने लत्ताकपडा नभएका बेला यसका सर्वसाधारणलाई तातोपानी गाउँपालिकामा रहेको तातोपानी कुण्डले निकै राहत दिइरहेको छ । जब जुम्लामा चिसो बढ्छ तातोपानीको कुण्डमा नुहाउन आउनेको भिड लाग्छ । कुण्ड व्यवस्थापनको लागि तातोपानी पर्यटक व्यवस्थापन समितिसमेत गठन भएको छ । यसले तातोपानीमा नुहाउन आउनेको व्यवस्थापन र कुण्डको संरक्षण गरिरहेको छ ।

तातोपानी धारामा नुहाएको जिल्लाभित्रकालाई २० रुपैयाँ र जिल्ला बाहिरको हकमा ३० रुपैयाँ समितले लिने गरेको समितिका कर्मचारी छकबहादुर बुढाले बताए । उनले भने, ‘एक महिनामा ४० देखि ६० हजार शुल्कबाट मात्रै उठ्छ ।’ यहाँ दिनकै एक सय ५० जनाभन्दा बढी सर्वसाधारण आउने गरेका छन् । उनी भन्छन्, ‘जुम्लामा चिसो बढेसँगै तातोपानी धारामा नुहाउनेहरू पनि बढ्छ । यहाँ जुम्लाभन्कादा बाहिरका मानिससमेत आउने गरेका छन् ।’

सिंजा गाउँपालिका १ की ५६ वर्षीया खुमेनी दमाईलाई ढाड र खुट्टाको जोर्नी दुख्ने समस्या थियो । यहाँको तातोपानी धारामा नुहाउँन थालेदेखि सन्चो भएको उनी बताउँछिन् । उनी जस्तैं तातोपानी धारामा नुहाएर विभिन्न समस्या ठिक भएको बताउँने धेरै भेटिन्छन् । यही करण चिसो बढेसँगै तातोपानी धारामा नुहाउनेको संख्या ह्वात्तै बढेको छ ।

नुहाउन आउने महिलाका लागी धारा असुरक्षित बन्दै गएको चन्दननाथ नगरपालिका ५ की सुस्मिता कठायतले बताइन । उनका अनुसार नुहाउने धरामा महिला पुरुष सराबरी हुन्छन् । सँगै नुहाउनु पर्दा महिलाहरूले असुरक्षित महशुस गर्ने उनको भनाइ छ । उनले भनिन्, ‘धारामा नुहाउँदै गर्दा पुरुषहरू महिलालाई निहालेर हेर्छन् । महिलाहरू अशुरक्षित ठान्छन् ।’ गाउँपालिकाले महिला र पुरुषका लागि अलग अलग धारा बनाउन आवश्यक भएको उनको भनाइ ।

तातोपानी गाउँपालिकाको दुई वटा धारा थपेर केही फराकिलो भने बनाएको बताएको छ । एक ठाउँमा महिला र आर्को ठाउँमा पुरुषका लागि बनाएको हो । तर व्यवस्थापन राम्रो हुन भने सकेको छैन । पालिकाले ६० लाख खर्चर शौचालय, पार्क र धारा निर्माण गरेको भए पनि व्यवस्थापना राम्रो भएको छैन । टिकट काट्ने सिस्टम गरेपनि सुरक्षा बारे समितिले नसोचेको हरिबहादुर बुढाले बताए । न्युजकारखाना

 

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ६ : २० बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम