निक्षेप बढेसँगै सीडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो | Khabarhub Khabarhub

निक्षेप बढेसँगै सीडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैक तथा वित्तीय संस्थामा निक्षेप वृद्धि हुन थालेपछि कर्जा निक्षेप अनुपात (सिडी रेसियो) मा सुधार आएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत शुक्रबारसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप १४ अर्व रुपैयाँ वृद्धि भई ४८ खर्व ६ अर्व रुपैयाँ पुगेको छ ।
यसमध्ये बैंकहरूसँग ४२ खर्व ३४ अर्व र अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग पाँच खर्व ७१ अर्व निक्षेप रहेको छ ।

निक्षेप बढेपछि बैंकहरूको सीडी रेसियोमा पनि केही सुधार आएको छ । शुक्रबारसम्ममा बैंकहरूको औसत सीडी रेसियो ९१ दशमलव १४ प्रतिशतमा झरेको छ ।

निक्षेप वृद्धिसँगै अन्तरबैंक ब्याजदर पनि घटेको छ । शुक्रबार अन्तरबैक ब्याजदर ४ दशमलव ८६ प्रतिशतमा झरेको छ ।

बैंकहरूमा निक्षेप वृद्धिसँगै कर्जा लगानी पनि बढेको छ । कर्जा लगानी ११ अर्व रुपैयाँले वृद्धि भई ४६ खर्व २ अर्व पुगेको राष्ट्र बैंकले जनाएको छ । बजारमा तरलता अभाव भएसँगै बैंकहरूले अत्यावश्यक बाहेकका कर्जा लगानी भने रोकेका छन् ।

 

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ७ : ०० बजे

पत्रकार पाठक अदालतमा उपस्थित, न्यायाधीश भट्टको इजलासमा बयान

काठमाडौं– पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।