एसिया कप खेल्ने यू–१९ क्रिकेट टिमको बिदाई « Khabarhub

एसिया कप खेल्ने यू–१९ क्रिकेट टिमको बिदाई


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–युएईमा हुने एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाई गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) र नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले यू–१९ क्रिकेट टिमलाई बिदाई गरेका हुन् ।

यही डिसम्बर २३ देखि युएईमा हुने प्रतियोगिता खेल्न जाने नेपाली टिमलाई बिदाई गर्दै युवा तथा खेलकुद मन्त्री अथकले नेपालमा क्रिकेटको भविष्य राम्रो भएको उल्लेख गरे । सधैं झैं यस पटक पनि नेपाली खेलाडीहरुले राम्रो खेल प्रदर्शन गर्नेमा आफु ढुक्क रहेको बताउँदै उनले उच्च मनोबलका साथ खेल्दै उपाधि हासिल गर्न शुभकामना दिए ।

एसिया कपमा नेपालसँगै आयोजक युएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र कुवेतको सहभागिता रहने छ । प्रतियोगितामा सहभागी हुने नेपाली टिम सोमबार राती नै युएई प्रस्थान गर्नेछ ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ९ : ३० बजे

आर्थिक समृद्धिको आधार जडीबुटी : प्रशोधन र ‘ब्रान्डिङ’ मा जोड

काठमाडौं– अमूल्य जडीबुटी  तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत