क्रिकेट

एसिया कप खेल्ने यू–१९ क्रिकेट टिमको बिदाई

By खबरहब

December 20, 2021

काठमाडौं–युएईमा हुने एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाई गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) र नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले यू–१९ क्रिकेट टिमलाई बिदाई गरेका हुन् ।

यही डिसम्बर २३ देखि युएईमा हुने प्रतियोगिता खेल्न जाने नेपाली टिमलाई बिदाई गर्दै युवा तथा खेलकुद मन्त्री अथकले नेपालमा क्रिकेटको भविष्य राम्रो भएको उल्लेख गरे । सधैं झैं यस पटक पनि नेपाली खेलाडीहरुले राम्रो खेल प्रदर्शन गर्नेमा आफु ढुक्क रहेको बताउँदै उनले उच्च मनोबलका साथ खेल्दै उपाधि हासिल गर्न शुभकामना दिए ।

एसिया कपमा नेपालसँगै आयोजक युएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र कुवेतको सहभागिता रहने छ । प्रतियोगितामा सहभागी हुने नेपाली टिम सोमबार राती नै युएई प्रस्थान गर्नेछ ।