एमसीसीको पक्षमा मतदान गर्ने लोसपाको निर्णय « Khabarhub

एमसीसीको पक्षमा मतदान गर्ने लोसपाको निर्णय


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकी सहयोग नियोग एमसीसी र नेपाल सरकारबीच भएको सम्झौता एमसीसी कम्प्याक्टको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

सरकारले एमसीसी अनुमोदनका लागि संसदमा पेश गरे त्यसको पक्षमा मतदान गर्ने निर्णय भएको लोसकपा नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । उनले लोसपा एमसीसीको विपक्षमा नभएको बताए ।

सरकारले संसदको चालु अधिवेशनबाट एमसीसी अनुमोदनको तयारी गरेको छ । तर सत्तारुढ गठबन्धनका दलहरुबीच एमसीसीबारे साझा धारणा बनेको छैन । सत्तारुढ दलबीच साझा धारणा बनाउन सत्तारुढ गठबन्धनले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको संयोजकत्वमा कार्यदलसमेत बनाएको छ ।

सत्ता गठबन्धनका दलबीच साझा धारणा नभएका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने पर्ख र हेरको रणनीतिमा रहेको छ । सत्तामा हुँदा एमसीसी पारित गराउन पहल गरिरहेको नेकपा एमाले प्रतिपक्षमा पुगेपछि भने मौन बसिरहेको छ ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ९ : ०३ बजे

प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन नै दर्शन सेवा,

पाकिस्तानमा चिकित्सकको विरोध प्रदर्शन जारी, स्वास्थ्य सेवा अवरुद्ध

बलुचिस्तान- महिला चिकित्सकमाथि भएको एसिड आक्रमणको विरोधमा पाकिस्तानको बलुचिस्तान प्रान्तमा चिकित्सकहरूले

अफगानिस्तानमा बारुती सुरुङ हटाउन नयाँ पहल, १८ लाख वर्गमिटर क्षेत्र खतरा मुक्त गरिने

काबुल- अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जमिनमुनि रहेका बारुती सुरुङ तथा

‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग

काठमाडौं– हुलाक सेवासम्बन्धी कानुन ‘हुलाक ऐन, २०१९’ र नीति समयानुकूल

नेप्से परिसूचक २४.६३ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि