एमसीसीको पक्षमा मतदान गर्ने लोसपाको निर्णय « Khabarhub

एमसीसीको पक्षमा मतदान गर्ने लोसपाको निर्णय


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकी सहयोग नियोग एमसीसी र नेपाल सरकारबीच भएको सम्झौता एमसीसी कम्प्याक्टको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

सरकारले एमसीसी अनुमोदनका लागि संसदमा पेश गरे त्यसको पक्षमा मतदान गर्ने निर्णय भएको लोसकपा नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । उनले लोसपा एमसीसीको विपक्षमा नभएको बताए ।

सरकारले संसदको चालु अधिवेशनबाट एमसीसी अनुमोदनको तयारी गरेको छ । तर सत्तारुढ गठबन्धनका दलहरुबीच एमसीसीबारे साझा धारणा बनेको छैन । सत्तारुढ दलबीच साझा धारणा बनाउन सत्तारुढ गठबन्धनले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको संयोजकत्वमा कार्यदलसमेत बनाएको छ ।

सत्ता गठबन्धनका दलबीच साझा धारणा नभएका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने पर्ख र हेरको रणनीतिमा रहेको छ । सत्तामा हुँदा एमसीसी पारित गराउन पहल गरिरहेको नेकपा एमाले प्रतिपक्षमा पुगेपछि भने मौन बसिरहेको छ ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ९ : ०३ बजे

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं– विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ