अबेर रातिसम्म निन्द्रा नलागे यी उपाय अपनाउनुहोस् « Khabarhub

अबेर रातिसम्म निन्द्रा नलागे यी उपाय अपनाउनुहोस्


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

हाम्रो शरीरलाई निन्द्रा अत्यन्त आवश्यक छ । निन्द्राले थकानयुक्त शरीरमा आराम दिलाउँछ । दिनभरी चलायमान भएको शरीरलाई आराम दिन रातमा निदाउने गरिन्छ ।

शरीरको थकान हटाउन चाहिने आराम पर्याप्त निन्द्राले मात्र पुर्याउँछ । त्यसलै मानिस निदाउन आवश्यक हुन्छ । एक स्वस्थ मानिसलाई ६ देखि ८ घण्टा निदाउनु पर्दछ ।

आजकल मोबाइल, टेलिभिजन लगायतका सामाग्रीको प्रयोग र तनावका कारण अबेर रातिसम्म मानिसहरु निदाउदैनन् । यदि अबेर रातीसम्म निन्द्रा नलागेमा यी उपाय अपनाउनु पर्दछ ।

१. अबेर रातिसम्म निन्द्रा नपर्ने समस्या भएमा सुत्ने कोठा एउटै पार्नुहोस् ।
२. निदाउन प्रयोग गरिने कोठामा बस्ने, पढ्ने वा छलफल गर्न बन्द गर्नुहोस् ।
३. रातमा सुत्नुअघि कोठाको वातावरण शान्त र अध्यारो पार्नुहोस् ।
४. सम्भव र अनुकुल महशुस भए आखाँ छोपेर सुत्नुहोस् ।
५. मोबाइल, टेलिभिजन वा आवाज आउने यन्त्र अफ गरेर सुत्नुहोस् ।
६. सुत्ने डसना धेरै मोटो वा बिझाउने गरी पातलो हुनु हुदैन ।
७. विवाहिताहरुले सुत्नुअघि शारीरिक सम्बन्ध राखे निदाउन सघाउ पुर्याउँछ ।
८. सुत्ने समयलाई निश्चित गर्नुहोस् साथै उठ्ने समय पनि एउटै पार्नुहोस् ।
९. निन्द्रा पर्न खोजेन भने किताब पढ्ने, सुमधुर गीत, धुनहरु सुन्नु उपयुक्त हुन्छ ।
१०. बेलुकीको खानामा चिल्लो, पिरो नखानुहोस् ।
११. दिउँसोको खाजापछि कफी नखानुहोस् ।

अनिन्द्रा निराशाको रोग अर्थात डिप्रेसनसँग जोडिएको हुन्छ । त्यसैले अबेरसम्म निन्द्रा नलागेमा डिप्रेशनको रोगको सुरुवाती लक्षण हुनसक्छ । तसर्थ यसबारे चिकित्सकको परामर्श लिनुहोस् । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  १० : ०० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै