यी महापुरुष जो रामायण र महाभारत दुबै कालमा थिए | Khabarhub Khabarhub

यी महापुरुष जो रामायण र महाभारत दुबै कालमा थिए


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दु धर्मग्रन्थ रामायण र महाभारतका बारेमा धेरैलाई थाहा छ । तर, रामायणमा रहेका केही महापुरुष पात्रहरु महाभारतमा पनि थिए भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । आखिर को– को थिए त ती ५ पात्र ?

१. हनुमानः रामायणका प्रमुख पात्र हनुमान महाभारतको समयमा महाबली भीमसँग पाण्डव बनवास गएको बेला मिलेका थिए । उनीहरु दुबै पवन पुत्र भएकोले दाजुभाईको रुपमा लिने गरिन्छ ।

२. परशुरामः त्यो बेला सबैभन्दा ज्ञानी कहलिएका परशुरामलाई कसले चिन्दैन र रु ति महापुरुष परशुराम नै थिए जसले २१ पटकसम्म क्षत्रियहरुलाई पृथ्वीबाट नाश गरेका थिए । रामायणमा उनको वर्णन भगवान श्रीरामले देवी सीताको स्वयंवरमा शिव धनुष तोडिसकेपछि आउने गर्दछ । त्यस्तै महाभारतमा उनको वर्णन भीष्मको गुरु रहेको र उनी भीष्मसँग एक भीषण युद्ध लडेको व्याख्या गरिन्छ । साथै परशुरामले महाभारतमा कर्णलाई पनि ज्ञान दिएका थिए ।

३.जाम्बवन्तः जाम्बवन्तको वर्णन रामायणमा श्रीरामको विशेष सहयोगीका रुपमा गरिएको छ । उनी जाम्बवन्त नै थिए जसले राम सेतु निर्माणमा प्रमुख भूमिका निभाएका थिए । त्यस्तै महाभारतमा पनि जाम्बवन्तले भगवान श्रीकृष्णसँग युद्ध गरेका थिए ।

४. मयासुरः यो कुरा सायदैलाई थाहा छ कि,रावणका शसुरा तथा मन्दोदरीका पिता मयासुर एक ठूला ज्योतिषी तथा वास्तुशास्त्रका ज्ञाता थिए । त्यस्तै ति मयासुर नै थिए जसले युधिष्ठिरका लागि सभाभवनको निर्माण गरेका थिए । उनी त्यसबेला मयसभाको नामबाट प्रसिद्ध थिए । उक्त सभामा नै वैभव देखेर दुर्योधन पाण्डवहरुसँग ईर्ष्या गर्न थालेको थियो । त्यही कारण नै महाभारतको युद्ध भएको थियो ।

५. महर्षि दुर्वासाः हिन्दूधर्मावलम्बीका महान ऋषि महर्षि दुर्वासा रामायणकालमा एक ठूला भविष्यवक्ताको नामबाट प्रसिद्ध थिए । उनले नै राजा दशरथलाई रघुवंशको राज बताएका थिए । त्यस्तै महाभारतकालमा पनि पाण्डवको निर्वासनका बेला महर्षि दुर्वासा द्रौपदीको परीक्षा लिन आएका थिए । उनले द्रौपदीको परीक्षाका लागि आफ्ना १० हजार शिष्यहरू लिएर कुटिमा पुगेका थिए ।- एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ५ : ५९ बजे

दुई महिनापछि बालेन-सुनिता भेट, नगरसभा र कार्यपालिका बैठक राख्न तयार

काठमाडौं- काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक राख्नेबारे मेयर बालेन्द्र साह (बालेन),

किसानलाई धान रोप्ने उपकरण ‘राइस ट्रान्सप्लान्टर’ प्रदान

बनियानी– झापाको भद्रपुर नगरपालिकाले यहाँका दुई सहकारीलाई एक-एक ‘राइस ट्रान्सप्लान्टर’

अत्यधिक गर्मीका कारण विद्यालयहरु बन्द

गोरखा– अत्यधिक गर्मीका कारण यहाँको पालुङटार नगरपालिकाका विद्यालयहरूमा आजदेखि पठनपाठन

प्रथम कोशी प्रदेश स्तरीय बास्केटबल प्रतियोगिता हुने

सुनसरी– धरान बास्केटबल संघको आयोजनामा असार ५ गतेदेखी धरानको डिपो

अज्ञात समूहबाट तिला गाउँपालिकाको गाडी तोडफोड 

सुर्खेत– जुम्लाको तिला गाउँपालिकाको सरकारी गाडीमा तोडफोड भएको छ ।