बाइडेनले उल्ट्याए ट्रम्प प्रशासनका नीति, डब्ल्युएचओमा फर्कियो अमेरिका « Khabarhub

बाइडेनले उल्ट्याए ट्रम्प प्रशासनका नीति, डब्ल्युएचओमा फर्कियो अमेरिका


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ४६औँ राष्ट्रपतिको कार्यकाल सम्हालेलगत्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्प प्रशासनका नीतिहरू उल्टाएका छन् ।

कार्यकालको पहिलो दिन राष्ट्रपति जो बाइडनले कैयौँ कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमिकता प्रस्ट परेका छन्।

कार्यभार सम्हालेको केही घण्टाभित्रै उनले जारी गरेका कार्यकारी आदेशमा डब्ल्युएचओमा फेरि फर्कनेदेखि जलवायु सम्बन्धीको पेरिस सम्झौतामा यकामै रहने तथा आप्रवासी नीतिमा नरम रहने नीति सार्वजनिक गरेका छन् ।

सपथग्रहणपछि ह्वाइट हाउस प्रवेश गर्नअघि महत्वपूर्ण निर्णय गर्ने संकेत गरेका उनले ट्वीटमार्फत भनेका थिए, ‘हामीले सामना गरिरहेको सङ्कटसँग जुझ्ने क्रममा खेर फाल्ने समय हामीसँग छैन ।’

उनले कोरोनाभाइरस महामारीको सङ्कट सम्बोधनमा सङ्घीय कारबाही तेज गर्ने कार्यकारी आदेशहरू जारी गरेको बीबीसीले उल्लेख गरेको छ ।

कार्यकारी आदेश जारी गरिएको वक्तव्यमा भनिएको छ ती आदेशहरूमार्फत् राष्ट्रपति बाइडनले ‘ट्रम्प प्रशासनले पुर्‍याएको क्षति उल्ट्याउने मात्र नभइ देशलाई अघि बढाउने छन्।’

यी हुन् मुख्य आदेश

उनले मुख्यरूपमा कोरोना भाइरसको महामारीसँग जुध्ने आदेश जारी गरेका छन् । जहाँ चार लाख अमेरिकीहरूको ज्यान लिइसकेको कोरोनाभाइरस महामारीसँग जुझ्ने विभिन्न उपायहरू रहेका छन् । तिनका मुख्य बुँदा यसप्रकार छन्:

– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)बाट फिर्ता हुने अमेरिकी कार्यको अन्त्य गरिने । भाइरस विज्ञ डा.एन्थोनी फाउचीले यसै साता हुने डब्ल्युचओको अन्तर्राष्ट्रिय कार्यकारी समितिको बैठकमा अमेरिकाको प्रतिनिधित्व गर्दै भाग लिने ।

-कोभिडको राष्ट्रिय सम्बोधन गर्ने कार्य केन्द्रीकृत गर्दै सुरक्षा सामग्री, खोप तथा परीक्षण सामग्रीको वितरणमा समन्वय बढाउने

-सबै सङ्घीय परिसरमा मास्क तथा दूरीको नियम पालना गरिने

आगामी १०० दिनसम्म मास्क लगाइरहन मानिसहरूलाई आग्रह गर्नेगरि १०० दिने मास्क चुनौती अभियान थालनी गरिने

 जलवायु संकट

वातावरणसम्बन्धी कतिपय ट्रम्प प्रशासनका नीतिहरू पनि बाइडनले उल्ट्याएका छन् ।

– सन् २०१५ मा हस्ताक्षर गरिएको प्यारिस जलवायु सम्झौतामा अमेरिका पुन: सामेल हुने ।

– विवादास्पद किस्टोन एक्सएल पाइपलाइन निर्माण रद्द । – वातावरणवादी तथा अमेरिकी आदिवासीहरूले उक्त परियोजनाको दशकौँदेखि विरोध गर्दै आएका थिए

आप्रवासन

आप्रवासन सम्बन्धी उनले जारी गरेको कार्यकारी आदेशले आप्रवासन नीति अब नरम हुने संकेत गरेको छ ।

– ट्रम्पले लागु गरेको तथाकथित मुस्लिम प्रतिबन्ध अन्तर्गत केही मुस्लिम बहुल देशबाट यात्रामा लगाइएको प्रतिबन्ध फुकुवा

-मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणकार्य बन्द

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ७ : २५ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा