धैर्य सोमपाल | Khabarhub Khabarhub

धैर्य सोमपाल



काठमाडौँ– एउटा खेलाडी, त्यो पनि व्यावसायिक खेलकुदको परम्परा नभएको मुलुकको । देशबाट खेल्दै उसले आफ्नो क्षमता प्रमाणित गरिसक्दा पनि विदेशी लिगमा खेल्न कति कठिन छ त्यो अनुमान लगाउन समेत गाह्रो छ । र यही बेला हो ‘धैर्य’ र ‘आत्मविश्वास’ जस्ता गुणको आवश्यक पर्ने । पछिल्लो समय धैर्यको उदाहरण बनेका छन्, नेपालका बलिङ अलराउण्डर सोमपाल कामी ।

उनी पछिल्लो समय लोकप्रिय बन्दै गएको छोटो फर्म्याटको क्रिकेट लिगका लागि तीन पटकसम्म प्रयास गर्दा असफल भए । दुवईमा अर्को हप्ता सुरू हुन लागेको टी–१० लिगका लागि उनले चौथो संस्करणमा आएर अवसर पाए ।

जसमा उनलाई मराठा अरबियन्सले आफ्नो टिममा आवद्ध गर्‍यो। पुस ८ गते राति साढे १० बजे हाराहारी नेपाली खेलाडीको नाम टी–१० लिगमा आयो । जसमा पहिलो नाम उनै सोमपालको थियो ।

चौथो पटक नाम पठाएका सोमपालले आफूलाई कुनै टिमले ‘पिक’ गर्ने सम्भावना कम देखेका थिए । त्यसैले त उनी आफ्नो नियमित रुटिन अनुसार १० बजे सुतिसकेका थिए ।

उनलाई टी–१० ड्राफ्टको जानकारी थियो । जसका लागि उनी साढे ९ बजेसम्म कुरे । तर, नेपाली खेलाडीको नाम नआएपछि उनी सुते । ‘म सुतिसकेको थिए । आफ्नो रुटिन अनुसार १० बजे म सुत्छु । त्यसपछि फोनहरु आए । उठ्दा दाइले तिम्रो नाम टी–१० मा पिक भयो भन्नु भयो । बधाई दिए,’ सोमपालले पुस आठ गते रातिको अनुभव सुनाउँदै भने, ‘म भन्दा पनि मेरो परिवार खुसी थियो ।’

देशका लागि पटक–पटक आफूलाई प्रमाणित गरिसकेका उनले विदेशी लिगमा आफुलाई चिनाउने बाटो खोजिरहेका थिए । फलस्वरुप अघिल्लो संस्करणको ग्लोबल टी–२० लिगमा विनिपेग हग्सले उनलाई लियो ।

तर, उनले सोचे अनुरुप प्रदर्शन देखाउन सकेनन् । जसले गर्दा एक खेलभन्दा बढी खेलमा उनले मैदान उत्रिने अवसर पाएनन् । सोमपाल त्यसअघि पनि विभिन्न देशका फ्रेन्चाईजी लिगमा आफ्नो नाम पठाएका थिए ।

सन् २०१४ देखि नेपाली टोलीका महत्वपूर्ण सदस्यका रुपमा रहेका उनी लगातार तीन पटक टी १० खेल्ने योजनामा असफल भइसकेका थिए । तर, चौथो पटक यो कसरी सफल भयो भन्ने प्रश्नमा उनी भन्छन्, ‘सुरूदेखि (पहिलो संस्करण) भरिरहेको थिए । केही टिमका मालिक र खेलाडीसँग कुरा पनि भइरहेको थियो ।

तर, पिक भइरहेको थिएन । यसपटक एक जना चिनेका प्रशिक्षकमार्फत् आवेदन दिएको हुँ । उहाँको साथीहरुले एक पटक मसँग काम गर सोम भन्नु भएको थियो । सायद रिलेसन काम लाग्यो ।’

यसअघि पहिलो विदेशी लिगका रुपमा क्यानडाको ग्लोबल टी–२० को अनुभव उनीसँग थियो । क्यानडामा रहँदा पनि राम्रो अनुभव लिन पाएको बताउँछन् उनी । त्यहाँ रहँदा प्रशिक्षकले सधै ‘इन्करेज’ गर्ने गरेको उनी सुनाउँछन् ।

भारतीय नागरिक लालचन्द राजपसत सोमपालको टीमका पशिक्षक थिए । जहाँ उनी सोमपाललाई सधै जसो कोठामा बोलाएर टिममा नपरेको विषयमा दुखी नहुन भनिरहन्थे । उनले भने, ‘प्रशिक्षकले रुममा बोलाएर सोध्थे प्लेइङ सेटमा नहुँदा तिमी दुखी त छैनौं ?’

उनले आफुले कहिलै त्यस्तो नरमाइलो महसुस नगरेको सोमपाल बताउँछन् । टी–१० लिगमा प्लेइङ सेटमा पर्ने गरी क्याम्पमा मेहनत गर्ने उनको योजना छ । ‘यो पटक अवसर पाउँछु र राम्रो गर्छु जस्तो लागेको छ । फर्म्याटका हिसाबले पनि खुसी छु । पहिलो कुरा त प्लेइङ ११ मा हुनु पर्यो । त्यहाँ गएर कसरी खेल्छु त्यसले नै मैले खेल्न पाउँछु वा पाउँदैन भन्ने निर्धारण गर्नेछ,’ उनले भने ।

नेपाली टोलीका बलियो स्तम्भका रुपमा रहेका उनी पछिल्लो समय इन्जुरीका कारण टिम बाहिर थिए । त्यसपछि नोबेल कोरोना भाइरस (कोभिड १९)ले गर्दा खेलकुद नै ठप्प भयो । अब उनी सिधै टी–१० मा खेल्नेछन् ।

जनवरी २८ देखि सुरू हुन लागेको लिगका लागि सोमपाल एक–दुई दिनमा दुबई जाँदैछन् । उनको टोलीको प्रशिक्षकमा ग्लोबल टि–२० टोली पिनिपेगकै लालचन्द राजपुत छन् ।

राजपुतले उनलाई उनको क्षमता कै आधारमा टोलीमा लिएको अनुमान सोमपालको छ । र त्यसलाई प्रमाणित गर्ने लक्ष्यसहित उनी दुबई जाँदैछन् । सोमपाल नेपाली खेलाडीहरुमा विदेशी लिग खेल्ने क्षमता रहेको बताउँछन् । जसको सुरुवात भइसकेको पनि उनले बताए ।

‘नेपाली खेलाडीमा स्तर नभएको होइन । यहाँ राम्रा खेलाडी छन् । तर, राम्रो मान्छेको नजरमा पर्न नसकेको हो । यसपटक हामी तीन जना टी १० मा छौं हामीले राम्रो गर्न सके अर्को वर्ष पाँच जना छनोट हुन सक्छ,’ उनले भने ।

देशको जर्सीमा खेल्दा दबाब !
सोमपाललाई विदेशी लिग वा क्लबबाट खेल्दा भन्दा देशको जर्सीमा मैदान उत्रिँदै बढी जिम्मेवारीका कुरा आउने गरेको बताउँछन् । ‘बाहिर गएर खेल्दा त्यस्तो दबाब हुँदैन । आफ्नो देशबाट खेल्दा दबाब हुन्छ । अरु खेलाडीसँग खेल्दा सबै बराबर हुन्छ ।’

खेलको दिन क्रिकेटरले कसरी प्रदर्शन गर्छ भन्ने कुराले बढी महत्व राख्ने बताएका सोमपालले भने, ‘म लास्ट इयर ग्लोबल टी–२० खेल्न गएको थिए । त्यसमा मलाई त्यस्तो दबाब महसुस भएको थिएन । तर, देशका लागि खेल्दा दबाब रहन्छ ।’

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ११ : १७ बजे

क्यान्सर पीडित गौतमको गुनासो : प्रचण्डले आश्वसन मात्र दिए, सहयोग गरेनन्

काठमाडौं – लामो समयदेखि क्यान्सरसँग लडिरहेका ‘नक्कली प्रचण्ड’का नामले चिनिने

जिमखानामा भेटिएको ‘राजा फर्काउने’ केटो !

म सधैंभरि ‘एक्सरसाइज’ गर्नुपर्ने भएकाले जंगलमा दौडिन्थें । अहिले चाहिँ

चौथो सातामा ‘ऊनको स्वीटर’, अहिलेसम्म कति कमायो ?

काठमाडौं – यो वर्षको पहिलो हिट फिल्म ‘ऊनको स्वीटर’ चौथो

कमल थापा पक्राउपछि प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन (तस्बिरहरू)

काठमाडौं– राप्रपा नेपालका कार्यकर्ताले प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला जलाएका छन् । 

काठमाडौंका कोटेश्वर, बल्खु र सिफल बाहेकका क्षेत्रमा प्रदर्शन गर्न नपाइने

काठमाडौं – काटमाडौंमा सिफल, कोटेश्वर र बल्खुबाहेक अन्य क्षेत्रमा प्रदर्शन