प्रधानमन्त्री कप क्रिकेट : पवनको कीर्तिमानमा नेपाल पुलिसले दियो लुम्बिनीलाई विशाल लक्ष्य « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : पवनको कीर्तिमानमा नेपाल पुलिसले दियो लुम्बिनीलाई विशाल लक्ष्य


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एक दिवसीय क्रिकेटमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशसामु ३ सय ११को लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पुलिसले निर्धारित खेलमत ४ विकेट गुमाएर ३ सय १० रन बनाएको हो।

लुम्बिनीविरुद्ध पुलिसका युवा खेलाडी पवन शराफले कीर्तिमानी अर्धशतक प्रहार गरे । उनले प्रधानमन्त्री कप क्रिकेटमा फास्टेस्ट फिप्टीको कीर्तिमान बनाएका हुन्।

उनले १३ बलको सामना गर्दै ६ छक्का र १ चौकाको मद्दतमा ५० रन बनाए । यस्तै पुलिसका लागि सुनिल धमलाले शतक प्रहार गरे । उनले १ सय ४५ बलको सामना गर्दै ७ चौका १ छक्कासहित १०४ रन बनाए।

यस्तै दिपेन्द्र सिंह ऐरीले ६१ बलमा ६ छक्का र १ चौकासहित ८५ रन बनाए भने आरिफ शेखले १४ बलमा २९ रन प्रहार गरे।

पुलिसविरुद्ध लुम्बिनीका कृष्ण कार्की, दिपेन्द्र रावत, सौरभ खनाल, अनिल खरेलले समान १/१ विकेट लिए। लुम्बिनीले पाएको यो लक्ष्य पनि जारी प्रतियोगितामा सबैभन्दा ठूलो लक्ष्य हो ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  १२ : ५७ बजे

वन कार्यालय भोजपुरद्वारा काठ बरामद

भोजपुर– डिभिजन वन कार्यालय भोजपुरले अवैध रूपमा काटिएका खयरको काठ

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

इटहरी– इटहरी उपमहानगरपालिकाको आयोजनामा आइतबारदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना स्वतन्त्रसहित

तस्बिरमा हेर्नुहोस्, हेटौँडाको राष्ट्रियसभा निर्वाचन 

काठमाडौं– बागमती प्रदेशको हेटौडामा सुरु भयो राष्ट्रिय सभा सदस्य निर्वाचित

गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत वृद्धि

गोरखा– जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको