प्रधानमन्त्री कप क्रिकेट : पवनको कीर्तिमानमा नेपाल पुलिसले दियो लुम्बिनीलाई विशाल लक्ष्य « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : पवनको कीर्तिमानमा नेपाल पुलिसले दियो लुम्बिनीलाई विशाल लक्ष्य


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एक दिवसीय क्रिकेटमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशसामु ३ सय ११को लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पुलिसले निर्धारित खेलमत ४ विकेट गुमाएर ३ सय १० रन बनाएको हो।

लुम्बिनीविरुद्ध पुलिसका युवा खेलाडी पवन शराफले कीर्तिमानी अर्धशतक प्रहार गरे । उनले प्रधानमन्त्री कप क्रिकेटमा फास्टेस्ट फिप्टीको कीर्तिमान बनाएका हुन्।

उनले १३ बलको सामना गर्दै ६ छक्का र १ चौकाको मद्दतमा ५० रन बनाए । यस्तै पुलिसका लागि सुनिल धमलाले शतक प्रहार गरे । उनले १ सय ४५ बलको सामना गर्दै ७ चौका १ छक्कासहित १०४ रन बनाए।

यस्तै दिपेन्द्र सिंह ऐरीले ६१ बलमा ६ छक्का र १ चौकासहित ८५ रन बनाए भने आरिफ शेखले १४ बलमा २९ रन प्रहार गरे।

पुलिसविरुद्ध लुम्बिनीका कृष्ण कार्की, दिपेन्द्र रावत, सौरभ खनाल, अनिल खरेलले समान १/१ विकेट लिए। लुम्बिनीले पाएको यो लक्ष्य पनि जारी प्रतियोगितामा सबैभन्दा ठूलो लक्ष्य हो ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  १२ : ५७ बजे

प्रधानमन्त्री वालेनको सम्बोधनबिनै अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली