सडक सुरक्षाको कथामा द रेड जोन | Khabarhub Khabarhub

सडक सुरक्षाको कथामा द रेड जोन


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा दैनिक रुपमा सडक दुर्घटना र सडक सुरक्षाको विषयमा आवाज उठिरहेको बेला यस्तै कथावस्तुमा नयाँ फिल्म ‘द रेड जोन’ निर्माण हुने भएको छ । काठमाडौँको कीर्तिपुरमा रहेको राष्ट्रिय आविस्कार केन्द्रमा एक कार्यक्रमकाबीच फिल्मको घोषणा गरिएको हो ।

राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महावीर पुन, फिल्मका निर्माता खगेन्द्र सुवेदी, केएस काफ्लेलगायतको उपस्थित रहेको कार्यक्रममा फिल्मका प्रस्तुतकर्ता रमेश बन गोसाईले फिल्मले समाजमा सडक सुरक्षा र सडक दुर्घटनाबाट बच्नको लागी प्रेरणादायी सन्देश दिने बताए ।

यज्ञजंग विश्वकर्मा(आयुष)को पटकथा तथा निर्देशन रहने फिल्ममा किशोर खतिवडा, दीपक थापा, कमला नेपाली, हेमराज धर्ति, सिर्जना कार्की, नेत्र विष्ट, सुमन गौतम, खगेन्द्र सुवेदी, धर्मराज भण्डारी, वर्षा श्रेष्ठलगायतका कलाकारको अभिनय रहनेछ । कार्यक्रममा फिल्मबाट उठेको पैसाबाट आविस्कार केन्द्रलाई १० प्रतिशत शेयर दिने जानकारी दिइयो ।

रामजी लामिछाने, राजन मर्हजन र नवराज सुवेदीको नृत्य रहने फिल्ममा देव महर्जनको द्वन्द्व, सुजन विश्वकर्माको छायांकन, सुजन गौतमको कथा, शंकर अधिकारी ‘घायल’ र सुन्दर पन्तको गीत, ज्ञानेन्द्र गिरीको संगीत तथा तारा थापा किम्भेको सम्पादन रहनेछ । फिल्म माघ २१ गतेबाट फ्लोरमा जानेछ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  १ : ४० बजे

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको

म्यान्मारको एउटा सहर नियन्त्रणमा लिएको विद्रोही समूहको दाबी

म्यान्मार – म्यान्मारको उत्तरी इलाकाको एउटा सहर नियन्त्रणमा लिएको त्यहाँको

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै