लुम्बिनी विरुद्धको खेलमा नेपाल पुलिस क्लब ७४ रनले विजयी « Khabarhub

लुम्बिनी विरुद्धको खेलमा नेपाल पुलिस क्लब ७४ रनले विजयी


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको लुम्बिनी प्रदेश विरुद्धको खेलमा नेपाल पुलिस क्लब ७४ रनले विजयी भएको छ ।

कीर्तिपुरस्थित विश्वविद्यालय क्रिकेट मैदान पुलिसले दिएको ३११ रनको लक्ष्य पछ्याएको लुम्बिनीले पूरा ओभर खेल्दै ७ विकेट गुमाएर २ सय ३६ रन बनाएको छ।

लुम्बिनीका लागि २ सय ३६ रन बनाउन सौरभ खनालले ७४ रन प्रहार गरे। उनले ६० बलमा ५ छक्का र १ चौकाको मद्दतले ७४ रन बनाएका हुन्।

यस्तै कप्तान कृष्ण कार्कीले २४ बलमा ५ छक्काको मद्दतले ४० रन प्रहार गरेका हुन्। यस्तै देव खनालले ४९ रन र सन्दिप रजाइलीले ४० रन बनाए भने राजविर सिंहले २४ रन प्रहार गरे।

लुम्बिनीविरुद्ध पुलिसका लागि राशिद खान र पवन शर्राफले समान २/२ विकेट लिए भने सागर ढकाल, दिपेन्द्र सिंह ऐरी र ललित नारायण राजवंशीले समान १/१ विकेट लिएका थिए।

टस हारेर पहिलो ब्याटिङ गरेको पुलिसले निर्धारित ओभरमा ४ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो ।

लुम्बिनीविरुद्ध पुलिसका युवा खेलाडी पवन शराफले किर्तिमानी अर्धशतक प्रहार गरे। उनले प्रधानमन्त्री कप क्रिकेटमा फास्टेस्ट फिप्टीको किर्तिमान बनाएका हुन्।

उनले १३ बलको सामना गर्दै ६ छक्का र १ चौकाको मद्दतमा ५० रन बनाए । यस्तै पुलिसका लागि सुनिल धमलाले शतक प्रहार गरेका थिए। उनले १ सय ४५ बलको सामना गर्दै ७ चौका १ छक्कासहित १०४ रन बनाए।

यस्तै दिपेन्द्र सिंह ऐरीले ६१ बलमा ६ छक्का र १ चौकासहित ८५ रन बनाए भने आरिफ शेखले १४ बलमा २९ रन प्रहार गरे।

पुलिसविरुद्व लुम्बिनीका कृष्ण कार्की, दिपेन्द्र रावत, सौरभ खनाल, अनिल खरेलले समान १/१ विकेट लिए। लुम्बिनीले पाएको यो लक्ष्य पनि जारी प्रतियोगितामा सबैभन्दा ठूलो लक्ष्य हो।

जितसँगै ३ खेल खेलेको पुलिसले ४ अंक जोडेको छ भने लुम्बिनीले २ खेलबाट २ अंक जोडेको छ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ५ : ३३ बजे

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ

कुनै दललाई नचिढ्याउने पक्षमा रास्वपा

काठमाडौं– अबको एक हप्तापछि देशमा नयाँ सरकार बनाउने कसरत चलिरहेको

‘लालीबजार’ गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक

काठमाडौं – नायिका स्वस्तिमा खड्का स्टारर फिल्म ‘लालीबजार’को पहिलो गीत

धुलिखेल–खावा सडक : चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

काभ्रे- अरनिको राजमार्गअन्तर्गत काभ्रेस्थित धुलिखेल–खावा सडक खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएका

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर– कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१०