लुम्बिनी विरुद्धको खेलमा नेपाल पुलिस क्लब ७४ रनले विजयी « Khabarhub

लुम्बिनी विरुद्धको खेलमा नेपाल पुलिस क्लब ७४ रनले विजयी


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको लुम्बिनी प्रदेश विरुद्धको खेलमा नेपाल पुलिस क्लब ७४ रनले विजयी भएको छ ।

कीर्तिपुरस्थित विश्वविद्यालय क्रिकेट मैदान पुलिसले दिएको ३११ रनको लक्ष्य पछ्याएको लुम्बिनीले पूरा ओभर खेल्दै ७ विकेट गुमाएर २ सय ३६ रन बनाएको छ।

लुम्बिनीका लागि २ सय ३६ रन बनाउन सौरभ खनालले ७४ रन प्रहार गरे। उनले ६० बलमा ५ छक्का र १ चौकाको मद्दतले ७४ रन बनाएका हुन्।

यस्तै कप्तान कृष्ण कार्कीले २४ बलमा ५ छक्काको मद्दतले ४० रन प्रहार गरेका हुन्। यस्तै देव खनालले ४९ रन र सन्दिप रजाइलीले ४० रन बनाए भने राजविर सिंहले २४ रन प्रहार गरे।

लुम्बिनीविरुद्ध पुलिसका लागि राशिद खान र पवन शर्राफले समान २/२ विकेट लिए भने सागर ढकाल, दिपेन्द्र सिंह ऐरी र ललित नारायण राजवंशीले समान १/१ विकेट लिएका थिए।

टस हारेर पहिलो ब्याटिङ गरेको पुलिसले निर्धारित ओभरमा ४ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो ।

लुम्बिनीविरुद्ध पुलिसका युवा खेलाडी पवन शराफले किर्तिमानी अर्धशतक प्रहार गरे। उनले प्रधानमन्त्री कप क्रिकेटमा फास्टेस्ट फिप्टीको किर्तिमान बनाएका हुन्।

उनले १३ बलको सामना गर्दै ६ छक्का र १ चौकाको मद्दतमा ५० रन बनाए । यस्तै पुलिसका लागि सुनिल धमलाले शतक प्रहार गरेका थिए। उनले १ सय ४५ बलको सामना गर्दै ७ चौका १ छक्कासहित १०४ रन बनाए।

यस्तै दिपेन्द्र सिंह ऐरीले ६१ बलमा ६ छक्का र १ चौकासहित ८५ रन बनाए भने आरिफ शेखले १४ बलमा २९ रन प्रहार गरे।

पुलिसविरुद्व लुम्बिनीका कृष्ण कार्की, दिपेन्द्र रावत, सौरभ खनाल, अनिल खरेलले समान १/१ विकेट लिए। लुम्बिनीले पाएको यो लक्ष्य पनि जारी प्रतियोगितामा सबैभन्दा ठूलो लक्ष्य हो।

जितसँगै ३ खेल खेलेको पुलिसले ४ अंक जोडेको छ भने लुम्बिनीले २ खेलबाट २ अंक जोडेको छ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ५ : ३३ बजे

वन कार्यालय भोजपुरद्वारा काठ बरामद

भोजपुर– डिभिजन वन कार्यालय भोजपुरले अवैध रूपमा काटिएका खयरको काठ

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

इटहरी– इटहरी उपमहानगरपालिकाको आयोजनामा आइतबारदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना स्वतन्त्रसहित

तस्बिरमा हेर्नुहोस्, हेटौँडाको राष्ट्रियसभा निर्वाचन 

काठमाडौं– बागमती प्रदेशको हेटौडामा सुरु भयो राष्ट्रिय सभा सदस्य निर्वाचित

गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत वृद्धि

गोरखा– जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको